काठमाण्डौ । जिउँदो रहँदै कमाइ त जोकसैले पनि गर्छन्। तर यस्ता व्यक्तित्वहरु पनि छन्, जसले मरणोप्रान्त वर्षौंदेखि अर्बौं कमाइ गरिरहेका छन्। 

यो कुरा थाहा पाउँदा जोकोही अचम्ममा पर्न सक्छन्। तर यो वास्तविकता हो। 

यहाँ हामी तपाइँ त्यस्ता सेलिब्रेटीका बारेमा चर्चा गर्न गइरहेका छौँ, जसले मरणोप्रान्त वर्षौंदेखि अर्बौं कमाइरहेका छन्। 

वास्तवमा यसको प्रमुख कारण भनेको स्ट्रिमिङ डिल र थुप्रै ब्रान्डिङ हुन्, जसका माध्यमबाट यी सेलिब्रेटीका नाममा अर्बौं कमाइ भइरहेको छ।

माइकल ज्याक्सन

मरणोप्रान्त धेरै कमाइ गर्नेको सूचीको पहिलो स्थानमा माइकल ज्याक्सन छन्। सन् २०२० मा सोनीको लामो अवधिको डिल र मिज्याक म्युजिक क्याटलगका माध्यमबाट ५.७४ अर्ब रुपैयाँ कमाइ भएको छ। 

डा सिअस

अमेरिकी लेखक डा सिअस एक प्रख्यात व्यक्तित्व हुन्। आफ्नो पुरानोका माध्यमबाट उनको नाममा सन् २०२० मा ३.९५ अर्ब रुपैयाँ कमाइ भएको छ। उनी मरणोप्रान्त धेरै धनराशि कमाउनेको सूचीमा दोस्रो स्थानमा छन्।

चार्ल्स शुल्ज

विश्वका सबैभन्दा चिरपरिचित कार्टुनिस्टहरुमध्ये चाल्र्स एम शुल्ज एको नाम सबैभन्दा अगाडि आउँछ। उनको नाममा सन् २०२० मा ३.८८ अर्ब रुपैयाँ कमाइ भएको छ। 

अरनाल्ड पाल्मर

अरनाल्ड पाल्मर एक चिरपरिचित अमेरिकी गल्फर थिए। मरणोप्रान्त उनको नाममा सन् २०२० मा मात्रै २.९९ अर्ब रुपैयाँ कमाइ भएको छ। 

एल्भिस प्रेस्ली

विश्वको सांगीतिक क्षेत्रमा चर्चित एल्भिस प्रेस्लीलाई सायदै कमैले मात्र नचिनेका हुन सक्छन्। तर, उनको कलाप्रति सारा विश्वका मानिस मन्त्रमुग्ध छन्। मरणोप्रान्त प्रेस्लीको नाममा सन् २०२० मा २.७५ अर्ब रुपैयाँको कमाइ भएको छ। – एजेन्सी