काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडले नेपाल ट्रेड सेन्टरको सहयोगमा आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै बिहीबार जानकी नवमीको शुभअवसरमा जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिर र आसपासको क्षेत्रमा सरसफाई अभियान संचालन गरेको छ ।

“सरसफाईको मामला मा नो कम्प्रोमाइज” भन्ने नारासहित बिहिबार बिहान ६ बजेदेखि १० बजेसम्म जानकी मन्दिरबाट सुरु भई सहरका विभिन्न स्थानहरुमा पुगेको सो कार्यक्रम मारवाडी यूवा मञ्च, जनकपुर जेसिस तथा महाविर यूवा कमिटिसँगको सहकार्यमा सम्पन्न भएको हो ।

यसबाहेक पनि शिवम्ले “धार्मिक आस्था र स्वास्थ्य”का लागि धुनुषाधाममा भइरहेको “सिता राम नाम जप महायज्ञ”मा सहभागी श्रद्धालुहरुका लागि बैशाख १७ देखि २७ सम्म १० दिनसम्मका लागि चिसोपानी पनि वितरण गर्दै आइरहेको छ ।

यसरी “क्वालिटिको मामलामा नो कम्प्रोमाइज” भन्ने नारासहित अघि बढिरहेको शिवम्ले पछिल्ला दिनहरुमा स्वास्थ्य, शिक्षा, धार्मिक आस्था, अनुशासन लगायत अन्य विभिन्न क्षेत्रहरुमा संलग्न व्यक्तिहरुलाई पनि कुनै पनि ढंगले “कम्प्रोमाइज” नगर्न उत्साहित गर्दै आएको छ । यस सरसफाई कार्यक्रम सँगै कम्पनीले स्वास्थ्य तथा सामाजिक हितको मामला पनि कुनै किसिमको सम्झौता नगर्ने प्रतिबद्धता दर्शाएको छ ।

आफ्नो सामाजिक उत्तरदायीत्वअन्तर्गत शिवम् सिमेन्टले समय–समयमा सडक निर्माण, खानेपानी व्यवस्थापन, विद्यालय संचालनमा सहयोग, स्वास्थ्य संचालनमा सहयोग, वातावरण व्यस्थापन लगायत वृक्षारोपण जस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।