काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा डोकेको छ। 

कम्पनी सञ्चालक समितिको माघ १२ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन ७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा जनकपुरधामको शिवचौकस्थित होटेल मानकी इन्टरनेसनलमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल १५.७८९५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश छन्। 

बोनस सेयर जारीपछि चुक्तापुँजी र जारी पुँजी सोहीअनुसार संस्थाको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही माघ २४ गते र फागुन ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ २३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।