काठमाण्डौ। कामना सेवा विकास बैंकका कर्मचारी निरञ्जन भण्डारीले प्रोफेसनल बैंकिङ सर्टिफिकेसन कोर्ष ‘जान्बी’ (JANBI) परीक्षामा प्रथम स्थान हासिल गरेका छन्।
बैंकको इन्टरनल अडिट एन्ड कम्प्लायन्सका प्रमुख भण्डारीले सन् २०१९ डिसेम्बर महिनामा सञ्चालन भएको परीक्षामा अग्रस्थान हासिल गरेका हुन्।
मंसिर २ गते काठमाण्डौको ठमेलमा आयोजित JANBI र CANBI को छैठौँ र चौथौँ वार्षिकोत्सवका क्रममा बैंकका कर्मचारी निरञ्जन भण्डारीलाई अवार्ड प्रदान गरिएको हो। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त अवार्ड प्रदान गरेका हुन्। उक्त समारोहमा नेपाल बैंकिङ इन्स्टिच्युट (एनबीआई) का अध्यक्ष सुमेद भट्टराई, सीईओ कुमार लम्साल र नेपाल बैंकर्स एसोसिएसनका सीईओ अनिलकुमार उपाध्यायलगायत अन्य पदाधिकारीको समेत सहभागिता थियो।
कामना सेवा विकास बैंककी मानव संसाधन विभागकी प्रमुख सृष्टिना मानन्धरका अनुसार भण्डारीले हासिल गरेको यो सफलताले बैंकभित्र सिकाइको वातावरण प्रवर्द्धन गर्नेछ।
17 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago