काठमाण्डौ । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले जनकपुरको थापाचोकमा आफ्नो नयाँ डिलर भाष्कर एन्ड भाष्कर इन्टरप्राइजेज प्रालिको स्थापनासँगै सुसज्जित र पूर्ण रुपमा सञ्चालित जावा मोटरसाइकलको विशिष्ट शोरुम खोलेको छ। 

बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, वीरगनज, नारायणघाट, पोखरा, बागलुङ, बुटवल, भैरहवा, नेपालगन्ज, सुर्खेत, दाङ र धनगढीका विभिन्न शाखा र डिलर भएका स्थानमा सुलभ रुपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि जनकपुरमा नयाँ डिलर नियुक्तिसँगै पूर्ण सुसज्जित थ्री यश शोरुम स्थापना गरेको हो।

भाष्कर एन्ड भाष्कर इन्टरप्राइजेज प्रालिका प्रबन्ध निर्देशक वनय मनि शर्माकी आमा मायादेवी र मिस युनिभर्स नेपाल २०२१ तथा जावा मिस फियर्स सुजिता बस्नेतले सामूहिक रुपमा यस शोरुम उद्घाटन गरेका छिन्। 

उद्घाटनका क्रममा अग्नि मोटोइंकका सेल्स हेड प्रत्युष श्रेष्ठले भने, ‘जावा मोटरसाइकल सहर बजारमा मात्र नभई हाइवेको यात्राका लागि पनि निकै आरामदायी र उपयुक्त छ। मोटरसाइकल पारखीले आफ्नो व्यक्तित्वअनुसार आफूलाई सुहाउँदो र मनपर्ने मोडलका जावा मोटरसाइकल सहजै पाउन सक्नुहुनेछ। अरुभन्दा फरक हुन चाहने, भीडमा आफ्नो छुट्टै पहिचान बनाउन खोज्ने र उच्चस्तरीय, आधुनिक टेक्नोलोजीको रेट्रो क्लास्सिक मोटरसाइकल चढ्न चाहने सबैका लागि भनेजस्तै बाइक जावा नै हो। देशका विभिन्न स्थानमा राम्रो प्रतिक्रिया पाईरहेको जावा मोटरसाइकलले जनकपुरका युवा तथा मोटरसाइकलप्रेमीहरुका बीच पनि सफलता हात पार्नेछ भन्नेमा हामी विश्वस्त छौँ।” 

भाष्कर एन्ड भाष्कर इन्टरप्राइजेजकी प्रबन्ध निर्देशक विनयमनि शर्माले भनिन्, ‘सांस्कृतिक तथा पर्यटकीयस्थल भनेर कहलिएको हाम्रो थातथलो, जनकपुरमा क्लासिक लिजेन्ड्सको जावा मोटरसाइकल ल्याउन पाउनु हाम्रा लागि निकै गौरवको कुरा हो। जनकपुर र यसवरिपरिका क्षेत्रका मोटरसाइकल प्रेमीहरुका लागि यी क्लासिक मोटरसाइकल उपलब्ध गराउन पाउँदा हामी निकै उत्साहित भएका छौँ। जावा एक प्रमाणिक र प्रतिष्ठित ब्रान्ड हो। जसले निश्चित रूपमा मोटरसाइकल प्रेमीहरूको स्वायत्त चाहनालाई पूरा गर्नेमा म धेरै आशावादी छु र समय अनुरुप अझ फेसनेबल र बलियो निर्माण सुविधाहरुयुक्त बनेको जावा जनकपुरका ग्राहकहरुमाझ पनि छिट्टै नै लोकप्रिय हुनेमा विश्वस्त पनि छु।’

मिस युनिभर्स नेपाल २०२१ तथा जावा मिस फियर्स सुजिता बस्नेतले भनिन्, ‘जावाले सधैं मलाई आकर्षक डिजाइन र कार्यकुशलताले मोहित बनाएको छ। जावा एक मोटरसाइकलमात्र नभई एक क्लास हो ! र यस कम्पनीसँग आबद्ध हुन पाउँदा एकदमै गौरवान्वित महसुस गरेकी छु।”

मोटरसाइकल प्रेमीहरूले अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्रीमा निर्मित बबर पेराक मोडल समावेश भएका विभिन्न मोडलका जावा मोटरसाइकलहबुक गर्न र जनकपुर आसपासका क्षेत्रमा टेस्ट राइडको सुविधा प्राप्त गर्न सक्नेछन्। ग्राहकले थप जानकारी, बुकिङ र टेस्ट राईडका लागि भाष्कर एन्ड भाष्कर इन्टरप्राइजेजको सम्पर्क नम्बरहरु ९८४४४४४३२१ र ९८०१६१८८४७ मा सम्पर्क गर्न पनि सक्नेछन्।