काठमाण्डौ । उद्योग वाणिज्य महासंघको निर्वाचनमा शेखर गोल्छा समूह राम्रो मतका साथ विजयी हुने लक्षण देखिएको छ । 

यो समाचार तयार पार्दासम्म गणना भइसकेका जिल्लानगर र वस्तुुगततर्फको सदस्यहरुमा गोल्छा समूहले उत्साहजनक परिणाम हात पारेको हो । 

गोल्छा प्यानलले जिल्लानगरतर्फका १८ कार्यकारिणी सदस्यमध्ये १६ जनालाई जिताउने सफलता पाएको छ भने किशोर प्रधान समूहबाट २ जनाले मात्र जितेका छन् । 

यस्तै, वस्तुुगततर्फको सदस्य पदमा निर्वाचित भइसकेका १२ जनामध्ये ९ शेखर गोल्छा प्यानलका र ३ जना प्रधान प्यानलका आएका छन् । चारजनाले समान ५० मत ल्याएकोले तीबाट २ जना छान्न गोलप्रथा हुँदैछ । 

प्रधान समूहले जिल्ला नगरबाट आफ्नो प्यानललाई राम्रो भोट आउने दाबी गर्दै आएको थियो । सदस्यहरुको यो मत परिणामले वरिष्ठ उपाध्यक्षमा प्रधानको दाबी विपरीत गोल्छालाई धेरै भोट गएको देखिएको छ । ‘यो हिसाबले गोल्छाले प्रधानमाथि निकै ठूलो अन्तरमा जित हासिल गर्ने संकेत देखिएको छ ।’–मतगणनास्थलमा रहेका प्रधान समूहका एक पराजित उम्मेद्वारले बिजशालासँग भने  । 

कस-कसले जिते ?
जिल्ला नगरतर्फ महासंघको कार्यकारिणी सदस्यमा विजयी भएकाहरुः
उमेश डालमिया, सुरकृष्ण वैद्य, राजन श्रेष्ठ, मनिषलाल प्रधान, कृष्णप्रसाद शर्मा, कृष्णप्रसाद श्रेष्ठ, दिपक लम्साल, कृष्णप्रसाद श्रेष्ठ, ध्रुवराज श्रेष्ठ, दिलसुन्दर श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, निरक केसी, किशोरकुमार आचार्य, सुरेन्द्रप्रसाद श्रेष्ठ, चन्द्रकान्त अधिकारी, राजकुमार न्यौपाने, कल्याण जोशी ।(सुदर्शन कार्की र देवकुमार श्रेष्ठले समान ५७ मत ल्याएकोले यी २ मध्ये एकजनालाई गोलप्रथाबाट विजेता घोषणा गरिने बताइएको छ) । 

वस्तुुगततर्फ विजयी भएकाहरु :
अञ्जन श्रेष्ठ, सन्दीपकुमार अग्रवाल, प्रकाशसिंह कार्की, सकुन्तलाल हिराचन, शिवप्रसाद घिमिरे, आकाश अधिकारी, विनोद ढकाल, तिलचन्द्र भट्टराई, कमला श्रेष्ठ    , जयप्रकाश शिवाकोटी, सुरेन्द्रकुमार श्रेष्ठ, हेमराज ढकाल । (खेमराज पन्त, नरेशलाल श्रेष्ठ, रवीनकुमार श्रेष्ठ र सुनिलगोपाल श्रेष्ठको समान ५० मत आएकोले २ जनालाई गोलप्रथाबाट छानिनेछ)