काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभाबाट बम्पर लाभांश पारित भएको छ। 

गत चैत २५ गते सम्म वार्षिक साधारणसभाले संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल ७३.६८ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा ७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) छन्।

सभाले बोनस सेयर वितरणपछि जारी पुँजी रु. ६० करोड ८४ लाख रुपैयाँबाट वृद्धि गरी रु. १ अर्ब ३ करोड ४२ लाख ८० हजार पुर्याउने प्रस्तावका साथै वित्तीय संस्थाको अधिकृत पुँजी रु. २ अर्ब बनाउन प्रवन्धपत्र संशोधनको प्रस्तावसमेत स्वीकृत गरेको छ।