काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आइतबार प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा प्रमुख वित्तीय सूचकहरु सच्चाएको छ।
संस्थाले आज एक सूचना प्रकाशित गरी प्रतिसेयर आम्दानी (ईपीएस), मूल्य आम्दानी अनुपात (पीई रेसियो), प्रतिसेयर नेटवर्थ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य सच्चाएको छ। जसअनुसार यी सूचकहरु क्रमशः ५१.२० रुपैयाँ, ५६.४४ गुणा, २९५.९४ रुपैयाँ र २४४२.२६ रुपैयाँ रहेको संस्थाले जनाएको छ।
यसअघि आइतबार प्रकाशित वित्तीय विवरणमा प्रतिसेयर आम्दानी (ईपीएस), मूल्य आम्दानी अनुपात (पीई रेसियो), प्रतिसेयर नेटवर्थ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य क्रमशः ४८.७० रुपैयाँ, ५९.३४ गुणा, २९४.६९ रुपैयाँ र २५३४.९३ रुपैयाँ रहेको उल्लेख थियो।
भुलवश अन्यथा हुन गएकोले ती सूचकहरु सच्चाइएको संस्थाले जनाएको छ।
यो पनि पढ्नुहोस् : खराब कर्जा बढ्दा जीवन विकास लघुवित्तको नाफामा संकुचन, ईपीएसमा पहिरो
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago