काठमाण्डौ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गरेका छन्। जी–२० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उनी भारत गएका हुन्।
जी–२० अर्थमन्त्रीहरुको सम्मेलन फागुन १२ र १३ गते भारतको बेंङलुरुमा हुने कार्यक्रम छ। सम्मेलनका अतिरिक्त मन्त्री पौडेलले भारतलगायत विभिन्न देशका समकक्षीहरुसँग छलफल कार्यक्रम पनि छ।
मन्त्री पौडेलसँगै अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि भारत गएका छन्। नेपाल जी–२० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो। जी–२० मा भारत, चीन, जापान, अमेरिका, बेलायतलगायतका राष्ट्रहरु छन्।
मन्त्री पौडेल फागुन १३ गते स्वदेश फर्किनेछन्।
15 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago