काठमाण्डौ । टेस्ला र स्पेस एक्सका प्रमुख एनल मस्क अमेजनका संस्थापक जेफ बेजोसलाई उन्छिन्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन्।

एक आममानिसबाट विश्वकै सबैभन्दा धनी व्यक्ति बन्दासम्मको यात्रामा एलन मस्कको व्यक्तित्वमा कति उतारचढाव आयो र उनीमा यस्ता के विशेषता छन् ? जसले गर्दा उनले यो कामयाबी चुमे। हामी यहाँ उनका बारेमा यिनै विषयमा चर्चा गर्न गइरहेका छौँ। 

विश्वका ५०० सबैभन्दा धनी व्यक्तिको सूचीमा एलन मस्क अहिले अग्रस्थानमा छन्। ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सअनुसार एलन मस्कको कुल यो वर्ष १५० बिलियन डलरभन्दा बढीले बढोत्तरी भएको छ। जसअनुसार उनको कुल सम्पत्तिमा ७४३ प्रतिशतको रेकर्डतोड वृद्धि भएको छ। 

यिनै एलन मस्कका १० रोचक तथ्यहरु यस्ता छन्–

१. दक्षिण अफ्रिकाको प्रिटोरियामा सन् १९७१ मा जन्मेका एलन मस्क १७ वर्षकै उमेरमा क्यानडामा गएर बसोबास गर्न थाले। अहिले मस्कसँग दक्षिण अफ्रिा, क्यानडा र अमेरिकाको नागरिकता छ। 

२. मस्कले आठवटा कम्पनी स्थापना गरेका छन्। जसमा टेस्ला, स्पेस एक्स, हाइपुरलुप, ओपन एआई, न्युरालिंक, द बोरिङ कम्पनी, जिप २ र पेपल छन्। 

३. बाल्यकालमा मस्क टेक्नोलोजीप्रति निकै झुकाव राख्ने। भनिन्छ, मस्कले केवव ९ वर्षकै उमेरमा पूरै इनसाइक्लोपिडिया ब्रिटानिका पढेका थिए। उनले कम्प्युटर कोडिङ आफैँ नै राख्न सिकेका थिए। १२ वर्षको मउेरमा मस्कले एउटा भिडियो गेम नै बनाएका थिए। जसको नाम ब्लास्टर थियो। यो भिडियो गेम उनले ५०० डलरमा एउटा कमपनीलाई बेचेका थिए।

४. मस्कले १५ वर्षको उमेरमा मार्सल आर्ट र रेसलिङ सिकेका थिए। भनिन्छ, मस्कलाई बाल्यकालमा साथीहरुले निकै सताउँथे। एक दिन उनलाई स्कुलका साथीहरुले कुटपिट गरे अनि उनी अस्पताल नै भर्ना हुनुपर्यो। सोही कारण पनि उनले मार्सल आर्ट र रेसलिङ सिकेको बताइन्छ। 

५. एलअ मस्क लोकप्रिय क्यारेक्टर आयरम्यानबाट निकै प्रभावित थिए। उनले आयरन म्यान–२ मा एउटा रोल पनि गरेका थिए। यसका साथै उनी थुप्रै टीभी शो जस्तै– दी सिम्पसन्स, बिग ब्याङ थ्योरी र साउथ पार्क पनि देखिएका थिए।

६. एलन मस्कले स्ट्यानफोर्ड विश्वविद्यालयबाट फिजिक्समा पीएचडीका लागि भर्ना भएका थिए। तर उनलाई २ दिनपछि नै त्यहाँबाट निकालियो। अनि उनले जिप २ कर्पोरेसन लन्च गरे। 

७. मस्कले सन् १९९९ मा पहिलो कार म्याक्स लरेन एफ १ किनेका थिए। तर त्यो कारको खर्च व्यहोर्न नसक्दा उनले बेच्नुपर्यो।

८. मस्क किताबहरु पढ्न निकै रुचित राख्छन्। जब उनी कलेजमा थिए तब उनी किताब किन्नकै लागि एक दिनको खानामा १ डलर कम खर्च गर्थे। 

९. एलन मस्क रकेश बनाउने कम्पनी स्पेस एक्सका मालिक हुन्। उनी त्यहाँ सीईओ पनि छन्। तर उनले उक्त कम्पनीबाट तलब लिँदैनन्। 

१०. भनिन्छ, मस्कले निकै खराब अवस्थामा टेस्ला बेच्ने निर्णय पनि लिएका थिए। तर आज त्यही कम्पनीले उनलाई विश्वकै धनी व्यक्ति बनाएको छ। – एजेन्सी