काठमाण्डौ । विश्वव्यापी महामारीले थलिएको अवस्थामा कोरोनाभाइरसको खोप सबैतिर चासो र माग भइरहेको छ। 

सबै देशले पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक, अशक्त तथा बिरामीलाई खोप लगाउन थालेका छन्। तर, आमनगरिकाले कहिलेसम्म पाउने भन्ने विषय भने अन्यौल नै छ। 

महाशक्ति राष्ट्र अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेनले आफ्ना देशका  ३०० मिलियन नगरिकलाई खोप उपलब्धता यही जुलाईको अन्त्यसम्म हुने बताएका छन्। वासिङ्टन डीसीको राष्ट्रिय स्वास्थ्य संगठनको एक कार्यक्रममा डा. एनन्थोनी फाउसीसँग राष्ट्रपति बाइडेनले जानकारी गराएका हुन्। 

बाइडेनको पहिलो १०० दिनका काममा १०० मिलियन डोज आफ्ना देशका नागरिकलाई उपलब्ध हुने भनिएकोमा पछिल्लो ३ हप्ताभित्र २६ मिलियन डोज उपलब्ध भइसकेको छ। अमेरिकामा फाइजर र मोर्डना कम्पनीका खोप सर्वसाधरणलाई लगाइँदैछ। 

अमेरिकामा कोरोनाका कारण हालसम्म ४ लाख ९९ हजार ९९१ जनाले ज्यान गुमाइसकेका छन्।