काठमाण्डौ । वाणिज्य बैंकहरुको निक्षेप संकलन गत वैशाखको तुलनामा जेठमा ह्वात्तै बढेको छ।
नेपाल बैंकर्स एसोसिएसनले आज सार्वजनिक गरेको तथ्यांकअनुसार जेठभरि वाणिज्य बैंकहरुले ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। जुन गत वैशाख महिनाको तुलनामा २५ अर्ब रुपैयाँले बढी हो। गत वैशाख महिनाभरि वाणिज्य बैंकहरुले ११ अर्ब रुपैयाँमात्र निक्षेप संकलन गरेका थिए।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले वैशाख १६ गतेबाट उपत्यकासहित देशका अधिकांश भाग निषेधाज्ञा जारी गरेको थियो। जसका कारण वैशाख महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन प्रभावित भएको देखिन्छ। तर जेठमा भने सीमित शाखाहरु खोल्न नदिइए पनि निक्षेप संकलन बढेको छ।
योसँगै चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुले ३९ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।
यसैगरी जेठ महिनाभरि वाणिज्य बैंकले थप ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। जुन गत वैशाख महिनाको तुलनामा ३ अर्ब रुपैयाँले कम हो। गत वैशाखभरि वाणिज्य बैंकले ३८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका थिए।
योसँगै चालु आवको ११ महिनामा वाणिज्य बैंकहरुले कुल ३६ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।
1 month ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago