काठमाण्डौ । जेठ १ गते आइतबार सार्वजनिक बिदा दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने भएको छ।
नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी आउँदो आइतबार आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो। विकास ऋणपत्र २०८३ ‘ख’ को छैटौँ किस्ताको अर्धवार्षिक ब्याज भुक्तानीका लागि आउँदो आइतबार आरटीजीएस प्रणाली सुचारु रहने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार उक्त दिन आरटीजीएस प्रणाली बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुनेछ।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago