काठमाण्डौ । पैसा कमाउनेबारेमा जोकोही कुरा गरिरहेका हुन्छन्। जागिरदेखि लिएर सानोतिनो व्यापार गर्नसमेत सुझाव आइरहेका हुन्छन्। तर सायदै कसैले तपाइँलाई खर्च गर्ने तरिकाबारे सुझाउँछन् होला।

सही वित्तीय व्यवस्थापनमा यो जरुरी छ कि तपाइँ आफ्नो खर्च पनि व्यवस्थापन गर्नुहोस्। यो बुझ्नुहोस् कहाँ पैसा खर्च गर्नुपर्छ र कहाँ खर्च गर्नुहुन्न। पैसा खर्च गर्न सिक्दा तपाइँलाई आफ्नो पैसाको अधिकभन्दा अधिक प्रयोग सुझबुझ हुन्छ। यसले तपाइँलाई खुसी पनि प्राप्ति हुन जरुरी हुन्छ।

आउनुहोस् पैसा खर्च गर्ने ५ तरिकाबारेमा बुझौँ। 

तलबबाहेक हुने अतिरिक्त कमाइले आफ्नो चाहना पूरा गर्नुहोस् 

सबैभन्दा पहिले त यो जरुरी छ कि तपाइँ आफ आवश्यकताहरु आफ्नो तलबबाट पूरा गर्नुपर्छ। तर तपाइँको चाहना पूरा गर्न तलबबाहेक हुने अतिरिक्त कमाइलाई प्रयोग गर्नुहोस्। जस्तै लाभांशबाट प्राप्त रकमबाट कुनै होलिडे प्लान गर्नुहोस्। यदि कुनै प्रपर्टीबाट भाडा आउँछ भने त्यसलाई कपडा, मोबाइल आदि खरिदमा खर्च गर्नुहोस्। यदि तपाइँ पार्ट टाइम काम गर्नुहुन्छ भने त्यहाँबाट प्राप्त रकम आफ्ना चाहना पूरा गर्न खर्च गर्नुहोस्। जुन पैसा सीधा तपाइँको तलबसँग जोडिएको हुँदैन, त्यसलाई खर्च गर्न सजिलो हुन्छ।

आफ्नो खुसीलाई पनि महत्व दिनुहोस् 

धेरैजसो मानिस आफूभन्दा आफ्नो परिवारको खुसी पूरा गर्न चाहन्छन्। आफ्ना चाहनालाई भने भित्रै दबाउँछन्। तर हामीले आफ्नो परिवारका साथै आफ्नो खुसी पनि पूरा गर्नुपर्छ। किनकि कमाउने तपाइँ आफैँ हो भने आफ्नो चाहना पूरा गर्ने सोच पनि राख्नुपर्छ। यदि तपाइँ आफ्नो चाहनालाई बलिदान दिनुहुन्छ भने भविष्यमा पछुताउनुको विकल्प हुँदैन। त्यसले भविष्यमा पछाउनुभन्दा वर्तमान रमाउनु उचित हुन्छ।

पैसा खर्च गर्ने मामिलामा सम्झौता नगर्नुहोस् 

जब तपाइँ परिवारका साथ कतै जाने वा पैसा खर्च गर्ने अवस्था आएमा कुनै सम्झौता नगर्नुहोस्। यदि तपाइँको परिवारलाई कुनै होटेलमा गएर खाना खानुछ तर तपाइँलाई त्यो ठाउँ सही लाग्दैन भने परिवारको खुसीका लागि सम्झौता नगर्नुहोस्। किनकि परिवारको खुसी एकातिर अर्कोतिर आफ्नो खुसी र चाह पनि जाहेर गर्ने गर्नुहोस्। किनकि आफूलाई इच्छा नलागेको ठाउँमा गएर गरेको खर्चले तपाइँलाई खुसीभन्दा पनि पीडा दिन्छ। त्यसैले जहाँ जाँदा वा खाँदा तपाइँलाई सन्तुष्टि मिल्छ, त्यही गएर पैसा गर्नुहोस्।

भविष्यमा बालबच्चाका लागि धन थुपार्ने सोच नराख्नुहोस् 

प्रायः सबै अभिभावक आफ्ना बालबच्चाका लागि सम्पत्ति जोड्न र धेरै धनराशि जम्मा गर्न चाहन्छन्। तर यो गलत सोच हो। किनकि भविष्यमा हुन सक्छ तपाइँका छोराछोरीलाई तपाइँले सञ्चय गरेको धन नै आवश्यक नपरोस्। त्यसैले आफ्नो कमाइको एउटा हिस्सामात्र आफ्ना बालबच्चाका लmागि खर्च गर्नुहोस् र आफ्नो भविष्यको सुखद् जीवनबारे सोच्नुहोस्। तपाइँ पैसा खर्च बारम्बार आफ्ना छोराछोरीलाई नसोध्नुहोस् र उनीहरुलाई पनि यो महसुस नगराउनुहोस् कि आफ्ना अभिभावक पैसा खर्च गर्नुअघि हामीलाई सोध्छन्। ध्यानमा राख्नुहोस् कि तपाइँले कमाएको पैसा तपाइँकै हो। र तपाइँले कमाएको पैसाको महत्व तपाइँलाई भन्दा बढी कसलाई थाहा हुन्छ र ?

गरिबहरुमा खर्च गर्नुहोस् 

यो जरुरी छैन कि तपाइँले कमाएको पैसा तपाइँ र तपाइँको परिवारका लागि खर्च गर्दामात्र सन्तुष्टि मिल्छ। तपाइँ आसपासका गरिब मानिस र पैसाको आवश्यकता महसुस गरेकाहरुमा आफूले कमाएको पैसा बाँड्दा पनि सन्तुष्टि प्राप्त हुन्छ। यसले तपाइँलाई खुसी प्राप्त हुन्छ भने गरिब परिवारलाई पनि सहयोग प्राप्त भएकोबाट खुसी हुनेछन्। तर यति कुरा याद राख्नुहोस् कि सहयोगस्वरुप दिएको पैसा पैसा फिर्ता हुँदैन। – एजेन्सी