काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले जोर्डनमा ‘मेगा रेमिट’ सेवा विस्तार गरेको छ। 

जोर्डनको अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमिट कारोबारसम्बन्धी सम्झौता भएको हो। जोर्डनमा रहेका नेपालीले अलाउनी एक्सचेन्जका २८ वटा शाखाबाट नेपालमा रकम पठाउन सक्नेछन्।  

अलाउनी एक्सचेन्जबाट पठाएको रकम मेगा बैंकका सबै शाखा र देशभर छरिएका मेगा बैंकका ३२ सयभन्दा बढी एजेन्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने मेगा बैंकले जनाएको छ।