काठमाण्डौ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले एकैपटक तीन आर्थिक वर्षको वार्षिक साधारणसभा आह्वान गरेको छ। 

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को क्रमशः पाँचौँ, छैटौँ र सातौँ वार्षिक साधारणसभा डोकेको हो। सभा काठमाण्डौको दरबारमार्गस्थित ल्यान्डमार्क हलमा बिहान ११ः३० बजेबाट हुनेछ।

सभाले तीनै आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। 

सोही सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक सेयरधनीका तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट रिक्त २ जनाको निर्वाचन गर्नेछ।