काठमाण्डौ । राजनीतिमा करिब ५ दशकदेखि सक्रिय जो बाइडेनले सबैभन्दा युवा सिनेटरदेखि सबैभन्दा बढी उमेरको अमेरिकी राष्ट्रपति बन्नेसम्मको शानदार यात्रा शनिबार पूरा गर्दै इतिहास रचेका छन्।

बाइडेन ६ पटक सिनेटर बनेका थिए। अहिले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउँदै ७७ वर्षीय बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति बन्न सफल भएका छन्। त्यसो उनले पहिलोपटक नै यो सफलता हासिल भने गरेका होइनन्। यसअघि सन् १९८८ र २००८ पनि उनी राष्ट्रपतिको दौडमा थिए तर हारे। 

वासिङ्टनमा ५ दशक बिताइसकेका वाइडेन अमेरिकी जनतामाझ चिरपरिचित नेता हुन्। तत्कालीन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा उनी लगातार ८ वर्षसम्म उपराष्ट्रपति थिए। 

७४ वर्षीय ट्रम्पलाई हराएर ह्वाइट हाउसमा स्थान बनाउने बाइडेन अमेरिकी इतिहासमै अहिलेसम्मकै सबैभन्दा अधिक उमेरका राष्ट्रपति बन्न सफल भएका छन्। अमेरिकाको पेनसिल्भेनियामा १९४२ मा जन्मेका बाइडेनले डेलाभेयर विश्वविद्यालयबाट पढाइ पूरा गरेका थिए। त्यसपछि १९६८ मा उनले कानुमा डिग्री हासिल गरेका थिए।

बाइडेन डेलाभेयरमा सबैभन्दा पहिले १९७२ मा सिनेटर चुनिएका थिए। त्यतिखेर उनको उमेर केवल २९ वर्षमात्र थियो। अमेरिकामा बाइडेन अहिलेसम्म पनि सबैभन्दा कम उमेरमा सिनेटर बन्ने नेताका रुपमा परिचित छ। त्यसपछि उनले ६ पटक यो पदमा कब्जा जमाए। – एजेन्सी