काठमाण्डौ । वाल स्ट्रिट विश्लेषकहरुले जो बिडेन अमेरिकाको राष्ट्रपति पदमा आसिन भएमा अमेरिकी सेयरबजारका लागि लाभदायक नहुने चेतावनी दिएका छन्।

अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार बिडेनले डोनाल्ड ट्रम्पको कर कटौतीसम्बन्धी कानुनलाई फिर्ता लिने वाचा गरेका छन्। कर कटौती गर्ने ट्रम्पको यो कानुनले कर्पाेरेट क्षेत्रको नाफा वृद्धि भएको छ र यदि यही नोभेम्बर महिनामा अमेरिकामा डेमोक्रेटिक पार्टीको निलो लहर देखिए अमेरिकाको आर्थिक क्षेत्रमा मुख्य परिवर्तनहरु देखिने र यसले पूजि बजारलाई नकारात्मक दिशातर्फ लैजाने भन्दै लगानीकर्ताहरु भयभित भएका छन्। 

न्युयोर्क टाइम्स र सियन कलेजले देशको मुख्य चुनावी क्षेत्रमा गरेको मत सर्वेक्षणका अनुसार पूर्वउपराष्ट्रपतिसमेत रहेका बिडेन ट्रम्पभन्दा १४ अंकले अघि छन्। बिडेनको यी क्षेत्रमा ट्रम्पको ३६ प्रतिशत मतको तुलनामा ५० प्रतिशत मत बढी देखिएको छ। 

सर्वेक्षणमा बिडेन अघि देखिनुलाई कतिपयले अमेरिकाको सेयरबजारमा देखिएको पछिल्लो उथलपुथलसँग जोडेर हेरेका छन्। यो वर्षको जुन ८ मा एस एन्ड पी ५०० पोजेटिभ बनेको थियो र यसले कोरोनाभाइरसका कारण भएको घाटाहरुलाई कम गर्दै फेबु्रअरी २५ पछिकै उच्च विन्दु हासिल गरेको थियो। तर यसपछि लगानीकर्ताको उत्साह सेलायो र इन्डेक्स ५ प्रतिशतले झर्यो। 

आरसीबीले मार्केटले हालै आफ्ना क्लाइन्टमा गरेको  सर्वेक्षणमा अधिकांशले ट्रम्पको पुनः निर्वाचित हुने सम्भावनाले अमेरिकी सेयर बजार बुलिस हुने विश्वास लिएका थिए। उक्त सर्वेक्षणमा सहभागी ६० प्रतिशतले बिडेन राष्ट्रपतिमा निर्वाचित भए इक्युटीका लागि बियरिस हुने बताएका थिए। 

बढ्दो अनिश्चितताका बीच लगानीकर्तामा अब नोभेम्बरमा हुन गइरहेको राष्ट्रपति निर्वाचनलाई लिएर चिन्तासमेत देखिएको छ। निर्वाचनपश्चात अमेरिकी अर्थतन्त्रले कस्तो मोड लिने हो र यसको भविष्य कस्तो हुने हो भनेर लगानीकर्तामाझ चिन्ता र भयको वातावरण सिर्जना भएको छ। 

यतिमात्रै नभई अमेरिका र चीन बिचको व्यापारमा थप जटिलता सिर्जना हँुदै गइरहेको छ। लगानीकर्ताले नाफाजन्य व्यापारका क्षेत्रहरुबाट मुनाफा झिकिरहेका छन्। 

मार्च महिनाको केवल २२ दिनमा मात्रै एस एन्ड पीमा ३० प्रतिशतको गिरावट आएको थियो। यो गिरावट यति थोरै अवधिमा देखिएको सबैभन्दा तीव्र गिरावट थियो। तर त्यपछि देखिएको पुनरुत्थान पनि तीव्र नै थियो। 

मार्च ३० मा देखिएको सबैभन्दा ठूलो गिरावटपछि बेन्चमार्क इन्डेक्सले ४० प्रतिशत आर्जन गरेको छ। – एजेन्सी