काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले क्षेत्रीय स्तरको राप्तिभेरी विकास बैंक लिमिटेडलाई बुधबार प्राप्ति(एक्विजिसन) गरी एकिकृत कारोबार सञ्चालन गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपालले संयुक्त कारोबार सञ्चालन शुभारम्भ समारोहको समुद्घाटन गरे । 

ज्योति विकास बैंक लिमिटेडले हालसम्म झिमरुक विकास बैंक लिमिटेड र राप्तीभेरी विकास बैंक लिमिटेड गरी २ वटा क्षेत्रीय स्तरको विकास बैंकहरुलाई सफलतापूर्वक मर्जर र प्राप्ति गरेको छ । यस  प्राप्ति पश्चात् ज्योति विकास बैंक लिमिटेडेको चुक्तापूँजी २ अर्ब ३६ करोड पुगेको छ  भने कुल निक्षेप रु. १२ अर्व ४० करोड, कर्जा लगानी रु. १० अर्व ३० करोड, शाखा संख्या ४६ तथा ग्राहक संख्या १ लाख ४० हजार भन्दा बढी पुगेको छ ।

ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट बोनस शेयर वितरण पश्चात आवश्यक चुक्तापूँजी सहजै पूरा हुने बताएको छ । 

बैंकले देशव्यापी रुपमा शाखा सञ्जाल विस्तार गर्ने लक्ष्यका साथ १० वटा शाखा छिट्टै थप्ने जनाएको छ ।