काठमाण्डौ ।  ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त भएका छन् । 

बैंकको बुधबार बसेको संचालक समिति बैठकले केही समयदेखि कामुको रुपमा कार्यरत ज्ञवालीलाई चार वर्षका लागि कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

कृष्णबहादुर कुँवरले बैंक छाडेपछि ज्ञवालीले कामुको रुपमा व्यवस्थापन  सम्हालेका थिए । 

उनी ज्योति विकास बैंकमा डेपुटी कार्यकारी प्रमुखको रुपमा काम गर्दै आएका थिए । 

चार्टर्ड अकाउण्टेन्ट ज्ञवालीसँग नेपाल राष्ट्रबैंक, केही वाणिज्य बैंक लगायतमा काम गरेको १९ वर्षे अनुभव छ ।