काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि १३ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ ।

समीक्षा अवधिमा बैंकले ४१ करोड ८५ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो । समीक्षा अवधिमा बैंकको खुद नाफा ५० करोड ८१ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा ३४ करोड ७२ लाख रुपैयाँ रहेको थियो । बैंकले खुद नाफा ४६.३३ प्रतिशतले बढाउन सफल भएको हो ।

अघिल्लो वर्ष ४६ करोड ६६ लाख रुपैयाँमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ७८ करोड ८६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ७६ करोड ८५ लाख रुपैयाँमा सीमित खुद ब्याज आम्दानी समीक्षा अवधिमा बढेर १ अर्ब २४ करोड पुगेको छ ।

अघिल्लो वर्ष ३४ करोड ५२ लाख रुपैयाँ रहेको रिटेन अर्निङ बढेर यो वर्ष ५० करोड २ लाख रुपैयाँ पुगेको छ । बैंंकले अघिल्लो वर्षको तुलनामा ५०.४६ प्रतिशतले वृद्धि गर्दै रिजर्बको आकार ३४ करोड ८३ लाख पुरुयाएको छ । अघिल्लो वर्ष रिजर्बको आकार २३ करोड १५ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकले २९ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ७८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १९ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ५९ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खराब कर्जाको अनुपात ०.६४ प्रतिशत रहेको छ भने कस्ट अफ फण्ड ६८.४१ प्रतिशत र आधार दर ११.४६ प्रतिशत रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १६.१३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२७.२८ रुपैयाँ रहेको छ । बैंकको पीई रेसियो १०.१० गुणा रहेको छ ।