काठमाण्डौ । ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) मनोज ज्ञवालीले संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्कासँगको मनमुटावका कारण राजीनामा दिएका खुलेको छ ।

ज्योति विकास बैंकका अध्यक्ष खड्काले बोर्ड र व्यवस्थापन दुवैमा प्रभूत्व जमाउन खोजी हरेक विषयमा हस्तक्षेप गर्न थालेपछि आजित भएर ज्ञवालीले राजीनामा दिएका उनी निकट स्रोतले खुलासा गरेको छ। 

अन्य बैंक तथा वित्तीय संस्थाका बोर्ड अध्यक्ष तथा पदाधिकारी मुुख्य कार्यालयमा नआउने, बरु अन्यत्र आफ्नै अफिसमा बसी बोर्ड सम्हालिरहेका हुुन्छन् । तर ज्योतिका अध्यक्ष भने कमलादीस्थित काठमाण्डौ प्लाजामा रहेको बैंकको मुुख्य कार्यालयमा चेम्बर नै बनाएर बस्ने गरेका छन् । अध्यक्षले व्यवस्थापकीय कामकार्वाही र निर्णयमा ठाडो हस्तक्षेप गर्ने गरेका कारण विगतदेखि नै बैंक अध्यक्ष र सीइओबीच मनमुटाव रहँदै आएको थियो । 

बैंकमा सीइओेले स्वतन्त्र रुपमा व्यवस्थापकीय क्रियाकलापमा संलग्न हुुन नपाउने परिपाटी देशका धेरै बैंकहरुमा हाबी हुने गरेको छ । 

बोर्डको हस्तक्षेपले पराकाष्ठा नाघेपछि सीइओ ज्ञवालीले राजीनामा दिएका स्रोत दाबी गर्छ । 

सेयरधनीले पाउने लाभांशदरमा वृद्धि हुँदै गएको र यो वर्ष पनि करिब १५ प्रतिशतमाथि नै लाभांश वितरण गर्न सक्ने क्षमतामा बैंकलाई पुर्याएका ज्ञवाली र बैंक अध्यक्षबीच गत फागुुनमा टेबलटक भई हस्तक्षेप नगर्ने सहमति भएको स्रोत दाबी गर्छ । तर, त्यसपछि पनि अवस्थामा सुधार नभएपछि ज्ञवाली बाहिरिएका हुन् । 

बैंकले अब थर्डम्यानका रुपमा रहेकालाई नै सीइओसरह तलब दिई नायब कार्यकारी प्रमुुख बनाउन लागेको बताइन्छ । 

सीइओ ज्ञवालीको सीइओको रुपमा अझै २ वर्ष कार्यकाल बाँकी नै थियो । 

नेप्सेको सीइओका उम्मेद्वार समेत बनेका ज्ञवाली सीए पनि हुुन् ।

उनी निकै हक्की र स्पष्टवक्ता बैंकको रुपमा चिनिन्छन् । ज्ञवाली नेपाल राष्ट्र बैंकका पूूर्वकर्मचारी पनि हुुन् ।