काठमाण्डौ । ज्योति विकास बैंकले प्रमुुख कार्यकारी अधिकृत(सीइओ) माग गर्दै दरखास्त आह्वान गरेको छ ।

बैंकले आज एक सूचना जारी गर्दै सीइओका लागि इच्छुक तथा योग्यबाट दरखास्त आह्वान गरेको हो । 

तत्कालीन सीइओ मनोजकुमार ज्ञवालीले संचालक समितिका अध्यक्षसँग कुरा नमिलेपछि केही दिनअघि राजीनामा दिएका थिए । त्यसपछि बैंकले तेश्रो बरियताका पारसराज कँडेललाई कामु सीइओ दिएको छ । 

बैंकले कँडेललाई नै सीइओको रुपमा निरन्तरता दिने अनुमान विपरीत सार्वजनिक रुपमा विज्ञापन प्रकाशित गरी दरखास्त आह्वान गरेको हो । 

सीइओ पदमा बैंकको समष्टिगत रणनीति, नेतृृत्व र व्यवस्थापनप्रति जिम्मेवार, बोर्डप्रति जवाफदेही बन्नसक्ने र बाफिया २०७३ को मापदण्ड पूरा गरेकोबाट दरखास्त माग गरिएको छ । उम्मेदवारले बैंकिङ  क्षेत्रमा १५ वर्ष बिताएको हुुनुुपर्ने शर्त राखिएको छ, जसअन्तर्गत कम्तीमा १० वर्ष बैंकको व्यवस्थपकीय तहमा र कार्यकारी तहमा कम्तीमा ३ वर्ष जिम्मेवारी बहन गरेको हुुनुुुपर्छ ।

बैंकको सीइओ पदका लागि दिने उम्मेदवारको ४ वर्षे कार्यकाल हुुने बैंकले जनाएकोमा थप अर्को एक कार्यकाल पदावधि थप गर्न सकिने बताइएको छ । 

यसैगरी उम्मेदवारको उमेर आगामी जेठ २२ गतेसम्म ५५ वर्ष ननाघेको पनि हुुनुुपर्नेछ ।

इच्छुक उम्मेदवारले आवश्यक मापदण्डका साथ ३ जना प्रोफेसनल रिफरेन्ससहित अपडेटेड व्यक्तिगत विवरण सीइओ डट भ्याकेन्सी एट जेबीबीएल डट कम डट एनपीमा १५ दिनभित्र इमेल गर्न बैंकको आव्हान छ ।

बैंकको सीइओ पदका निम्ति आवश्यक ज्ञान, सीप तथा व्यवहार निम्नानुुसार बताइएको छः