काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले हाल कायम संस्थापक सेयर स्वामित्वमध्ये ३.३५ प्रतिशत सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने प्रक्रिया अगाडि बढाएको छ।

बैंक सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले यो प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। बैठकले नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०७७ मा भएको व्यवस्थाबमोजिम हाल कायम रहेको संस्थापक सेयर समूहको ५४.३५ प्रतिशत सेयरमध्ये ३.३५ प्रतिशत सेयरलाई सर्वंसाधारण सेयरमा परिणत गर्ने निर्णय गरेको छ।

यो प्रक्रियाका लागि नेपाल राष्ट्र बैंकको स्वीकृतिलगायत सम्बन्धमा गर्नुपर्ने अन्य आवश्यक प्रक्रिया अगाडि बढाउन प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।