काठमाण्डौ । अधिकांश वित्तीय सूचकमा उल्लेख्य सुधार गरेको ज्योति विकास बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि आफ्ना सेयरधनीलाई १५ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने क्षमता बनाएको छ। 

बैंकको चुक्तापूँजी बढेर ३ अर्ब ८४ करोडको उचाईमा पुगेको छ । २०७७/७८ को चौथो त्रैमाससम्मका लागि बैंकको वितरणयोग्य मुनाफा ६० करोड ३० लाख रहेको छ । यसरी हिसाब गर्दा बैंकको लाभांश क्षमता १५.६८ प्रतिशत कायम भएको देखिन्छ । 

समीक्षा अवधिमा बैंकले खूद नाफातर्फ ५१.८४ प्रतिशतको छलांग मारेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ४८ करोड ८४ लाखमा सीमित खूद नाफा बढेर यो वर्ष ७४ करोड १६ लाखको उचाईमा पुगेको छ । 

अघिल्लो वर्ष ७० करोड २९ लाखमा सीमित संचालन मुनाफा समेत बढेर यो वर्ष १ अर्ब ६ करोडको उचाईमा पुगेको छ । 

यस्तै, १ अर्ब ३९ करोडमा सीमित खूद ब्याज आम्दानीमा बढोत्तरी भई यो वर्ष १ अर्ब ५० करोडभन्दा माथि पुगेको छ । 

बैंकले अन्य संचालन आम्दानी ह्वात्तै बढाउँदा नाफामा तीव्र सुधार देखिएको हो । अघिल्लो वर्षको यही अवधिसम्म यस्तो आम्दानी ५ करोड ७५ लाख रहेकोमा त्यो बढेर यो वर्ष  ५१ करोड १८ लाख रुपैयाँ पुगेको छ । 

अघिल्लो वर्षको यही अवधिसम्म ३५ करोड ३३ लाखमा सीमित रिटेन अर्निंग समेत बढेर यो वर्ष ६० करोड ५६ लाखको उचाईमा पुगेको छ भने ६५ करोड  ५३ लाखमा सीमित रिजर्बको आकार बढी ८७ करोड ६० लाख पुगेको छ । 

समीक्षा अवधिमा बैंकले ४९ अर्ब ५५ करोड बढी निक्षेप संकलन गरी ४३ अर्ब ८ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३६ अर्ब ३१ करोड बढी निक्षेप संकलन गरी २९ अर्ब ७१ करोड बढी कर्जा परिचालन गरेको थियो । 

खूद नाफामा आएको बढोत्तरीका कारण अघिल्लो वर्षसम्म १३.९७ रुपैयाँमा सीमित प्रतिसेयर आम्दानी(इपीएस) बढेर १९.२९ रुपैयाँको उचाईमा पुगेको छ । 

अघिल्लो वर्ष ०.९२ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर ०.८० प्रतिशतमा सीमित बन्न पुगेको देखिएको छ भने कस्ट अफ फण्ड ५.८५ प्रतिशत, सीडी रेसियो ८०.५५ प्रतिशत, आधार दर ८.४२ प्रतिशत कायम भएको छ । 

समीक्षा अवधिसम्म ज्योति विकास बैंकको रिटर्न अन इक्वीटी १३.९२ प्रतिशत, सम्पत्तिमा प्रतिफल १.२४ प्रतिशत, पीई रेसियो २४.७८ गुणा, प्रतिसेयर नेटवर्थ १३८.५४ रुपैयाँ र तरलता अनुपात २०.७२ प्रतिशत रहेको छ ।