काठमाण्डौ । ज्योति विकास बैंकले आफ्नो १४ औँ वार्षिक साधारणसभा डोकेको छ।
बैंक सञ्चालक समितिको मंसिर २९ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १५.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ११ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।
सभाले चुक्तापुँजी ५ अर्ब रुपैयाँलाई बढाएर ८ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने वा प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण काम अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभामा पारित हुनेछ।
सभामा गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित हुनेछन्।
लाभांश र सभा प्रयोजनका लागि बैंकले पुस ९ गतेदेखि पुस २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago