काठमाण्डौ । ज्योति विकास बैंकले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ।
बैंक सञ्चालक समितिको बिहीबार (माघ १९ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल ६.८० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३ प्रतिशत बोनस सेयर र ३.८ प्रतिशत नगद लाभांश (करसहित) छन्।
बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई गाभ्ने वा प्राप्ति गर्ने सन्दर्भमा प्रचलित कानुनबमोजिम गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
सभामा गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृति गरिनेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले यही माघ २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ २६ गते (माघ २७ गते शुक्रबार र २८ गते शनिबार)सम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
9 minutes ago
44 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago
4 hours ago