photo courtesy : infohubnepal.com
काठमाण्डौ । यातायात व्यवस्था विभागले आजदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन खुलाएको छ।
विभागले लाइसेन्सको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ । यसका लागि विभागको वेबसाइटमा गएर फाराम भर्नुपर्ने हुन्छ।
यसअघि पुराना ७ लाख आवेदकको ट्रायल सकेपछि मात्रै नयाँ लाइसेन्स आवेदन खुलाउने विभागले जनाएको छ। तर, नयाँ आवेदन खुलाउन दबाब बढेपछि पुरानो ट्रायल नसकी नयाँ आवेदन खुलाउन विभाग बाध्य भएको हो।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका जारी निषेधाज्ञाका कारण वैशाख १५ गतेदेखि नयाँ आवेदन खुलाइएको थिएन। झन्डै ६ महिनापछि आवेदन खुलेको हो।
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago