काठमाण्डौ । झापा इनर्जी लिमिटेडले चौथो वार्षिक साधारणसभा डोकेको छ। 

कम्पनी सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले आउँदो पुस १६ गते वार्षिक साधारणसभा डोकेको हो। सभा झापाको शिवसताक्षी–४ सालामारास्थित आयोजना स्थलमा बिहान १० बजेबाट सुरु हुनेछ। 

सभाले आईपीओ जारी गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। कम्पनीको जारी पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी अनुमोदन गर्नेछ।