काठमाण्डौ । साताको दोश्रो कारोबार दिन सोमबार पनि नेप्से परिसूचक झिनो अंकले बढेको छ । शून्य दशमलव २७ अंकले बढ्दै सोमबार नेप्से परिसूचक १२८३.९४ अंकमा पुगेको छ । 
 

सोमबार बजार खुल्दा नेप्से १२८३.७९ अंकमा थियो । कारोबार अवधिभरि १२८७.४१ अंकसम्म पुगे पनि पछि फेरि ओरालो झर्दै अघिल्लो दिनको तुलनामा ०.०२ प्रतिशतले मात्र वृद्धि भएको हो । 
 

नेपाल राष्टबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले आइतबार माइक्रो फाइनान्सको चुक्तापूँजी समेत वृद्धि गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । त्यसको प्रभाव सोमबारको  शेयर बजारमा परेको प्रष्टै देखियो । सोमबार माइक्रो फाइनान्सकै शेयरको बजारमा जगजगी रह्यो । सोमबार सबैभन्दा बढी कमाउने दश कम्पनीमा ७ वटा माइक्रो फाइनान्स नै रहे । सोमबार बजारमा विभिन्न कम्पनीका ६ लाख कित्ता शेयरको २ हजार २ सय ६७ कारोबारबाट किनबेच हुँदा ५२ करोड २० लाख पूँजी परिचालन भयो । सोमबार सेन्सेटिभ इण्डेक्स ०.०९ र फ्लट इण्डेक्स ०.०१ अंकले बढ्यो ।

बैकिंग, फाइनान्स बाहेकका सबै समूहको सूचकमा हरियो पोतियो ।