काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजार झिनो अंकले उकालो लागेको छ।

बजार आज १.२६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक ३०८१.०७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.२५ अंकले बढेर ५७२.१६ को विन्दुमा उक्लिएको छ। आज कारोबार रकम सवा १२ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

 

बजार जानकार खगेन्द्र ढकाल आजको बजारमा देखिएको वृद्धिले लगानीकर्ता हाइड्रो कम्पनीतिर धेरै नै आकर्षित भएको देखिन्छ। ‘अझै केही दिन हाइड्रोमै चमक देखिने सम्भावना’, उनले भने, ‘बैंक वित्तीय संस्थाले बाँड्ने मुनाफामा केही संकुचन आउन देखिएकाले पनि हाइड्रोतिर लगानी बढेर गएको देखिन्छ। अर्कोतिर बैंकको लोन तिर्न हकप्रद निष्कासन गर्न पाउने चर्चा पनि चलिरहेको छ।’ 

समग्रमा बजार पोजेटिभ नै रहेको ढकालको भनाइ छ। ‘मौद्रिक नीति पनि सकारात्मक नै आउने देखिन्छ’, उनले भने, ‘बजार सानातिना करेक्सनका साथ माथि नै जाने देखिन्छ।’

सक्रिय लगानीकर्ता रघुनाथ अधिकारी गत हप्ता र आज हप्ताको पहिलो दिनको कारोबार र नेप्सेको वृद्धिले दैनिकजसो नयाँ उचाइ कायम गर्दै लगानीकर्तामा थप हौसला दिइरहेको बताउँछन्। ‘राष्ट्र बैंकको सर्कुलरले बजारमा नकारात्मक तरंग ल्याउँछ र बजार घट्छ भनी अनुमान लगाउनेलाई बजारले खासै अवसर दिएन’, उनी भन्छन्, ‘बजार आफ्नै लयमा अगाडि बढिरहेको कुराले सर्वसाधारण लगानीकर्तामा खुसी छाएको छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ। यो दिन जलविद्युत समूह सर्वाधिक २.४७ प्रतिशतले उकालो लागेको छ। व्यापार समूह १.७३ प्रतिशतले बढेको आज विकास बैंक समूहमा ०.४१ प्रतिशत, लगानी समूहमा १.६१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५१ प्रतिशत र लघुवित्त समूहमा १.१८ प्रतिशतको बढोत्तरी भएको छ।

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक २.२६ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह १.४३ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.२९ प्रतिशत, वित्त समूहमा १.१७ प्रतिशत, जीवन बीमा समूहमा १.१६ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१२ प्रतिशत र निर्जीवन बीमा समूहमा १.१५ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता सेयर १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६१.९१ रुपैयाँ किनबेच भएका छन्। 

यो दिन नेसनल हाइड्रोपावरको सर्वाधिक ३६ करोड ६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। युनाइटेड मोदी हाइड्रोपावरको ३५ करोड रुपैयाँबराबरको कारोबार भएको आज सिनर्जी पावरको ३२ करोड १२ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ३० करोड ४६ लाख रुपैयाँ, युनिभर्सल पावरको २९ करोड ३९ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २७ करोड २१ लाख रुपैयाँ, अपी पावरको २६ करोड ८६ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको २६ करोड ६९ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको २५ करोड ३५ लाख रुपैयाँ र डिप्रोक्स लघुवित्तको २१ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ८ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। सिनर्जी पावर, कालिका पावर, घलेम्दी हाइड्रो, युनिभर्सल पावर, ग्रिनलाइफ हाइड्रोपावर र जीवन विकास लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा ङादी ग्रुप पावर र सीईडीबी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएर पोजिटिभ सर्किट लागेको हो। आज राइराङ हाइड्रोपावरको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन चन्द्रागिरी हिल्सको सेयरमूल्य सर्वाधिक ४ प्रतिशतको हाराहारीले बढेको छ।