काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा बिस्तार गर्ने क्रममा सुनसरीको झुम्का शाखाबाट जेठ १६ गते सोमबार  १०८ वटा क्यूआर वितरण गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने स्वयम् ग्राहकहरुको पुगेर क्यूआर वितरण गरेका बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ । 

क्यूआर वितरण कार्यक्रममा बैंकका संचालक समितिका सदस्य मनबहादुर राई र अभिषेक बज्राचार्ज, प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर, प्रदेश १ प्रमुख दीपक पौडेल, शाखा प्रमुख पुकारजंग कार्की लगायत बैंकका कर्मचारी तथा स्थानीयको उपस्थिति थियो । 

सो अवसरमा स्थानीयले सेञ्चुरी बैंकद्वारा डिजिटल कारोबारको प्रबद्र्धन गरेर झुम्का बजारलाई डिजिटल बजारको रुपमा परिवर्तन गर्न सहयोग गरेकोमा आफूहरु हर्षित भएको र आगामी दिनमा सेञ्चुरी बैंकले वित्तीय साक्षरतामा पनि सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए । 

साथै क्यूआर प्राप्त गर्ने ग्राहकहरुले बैंकका प्रमुख कार्यकारी अधिकृत आफैं नै क्यूआर वितरण गर्न आउँदा आफूहरुलाई झनै प्रोत्साहन मिलेको जानकारी गराएका थिए । 

यसैबीच, बैंकले झुम्का शाखाको शताब्दी खाताको कारोबार गर्ने ग्राहक हर्षित रेलाई उपचार खर्च बापतको रकमसमेत उपलब्ध गराएको छ ।

बैंकले शताब्दी खातामा ८.०३ प्रतिशतको उच्चतम ब्याजदरका साथै रु. ७ लाखसम्मको निःशुल्क बीमा सुविधा प्रदान गर्ने गरेको छ । 

गत चैत मसान्तसमम बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन र  रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्ने सफलता पाएको छ । यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो ।