शन्चन। शन्चनमा गुगल र क्यान्टारद्वारा संयुक्त रुपमा प्रकाशित दि टप ५० क्यान्टार ब्राण्ड्जी चाइनिज ग्लोबल ब्रान्ड ब्युल्डर्स २०२१ ranking रिपोर्ट सार्वजनिक गरिएको छ। 

उक्त रिपोर्टमा ओपो आउटस्ट्यान्डिङ चाइनिज ग्लोबल ब्रान्ड ब्युल्डरका रुपमा छनोट हुँदै छैटौँ स्थानमा पर्न सफल भएको छ। विकसित बजारहरुमा ओपोको ब्रान्ड पावरमा सन् २०१८ देखि निरन्तर वृद्धि हुँदै ३०% भन्दा बढीको कम्पाउन्ड ग्रोथ रेट हात पार्दै आएको छ। उदयीमान बजारहरुमा आउटस्ट्यान्डिङ ब्रान्ड पावरका साथमा दोस्रो स्थान प्रदान गरिएको छ। 

अग्रणी ग्लोबल स्मार्ट डिभाइस ब्रान्डका रुपमा लगातार ५ बर्षदेखि ओपो सूचीमा सम्मिलित रहँदै आएको छ। यसका साथै कम्पनीको ranking प्रभावशाली उपलब्धि र विश्वबजारमा बढ्दो ब्रान्ड प्रभावका कारण निरन्तर उत्कृष्टता उन्मुख रहँदै आएको छ। 

कार्यक्रममा उदयीमान बजारहरुमा अवसरका अन्वेषण शीर्षक बोल्दै ओपोका ग्लोबल सिनियर ब्राण्ड डिरेक्टर डेरेक सनले भने, ‘सूचिमा ओपोले यस्तो सम्मानित श्रेणी पाउँदा हामी निकै उत्साहित छौँ। विदेशी बजार प्रवेश गरिरहेका चिनियाँ ब्रान्डमध्ये ओपोले सधैँ उपभोक्तालाई पहिलो प्राथमिकतामा राख्दै तत्परताका साथ तिनका लागि नवप्रवर्तनात्मक उत्पादनहरु पस्किँदै आइरहेको छ। ब्रान्ड मिशन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’ लाई मूर्तता दिँदै हामी उपभोक्ताको जीवनमा उत्कृष्टता प्रदान गर्दै ब्रान्ड प्रभाव बढाउँदै लाने छौँ।’

चाइना ब्रान्ड एक्सिलिरेटर क्लस्टर अफ गुगलका गु्रप हेड शनशान शेङ्गले पनि ओपोको उपलब्धिका लागि बधाइ दिँदै सम्मान व्यक्त गरे। ‘चिनियाँ ब्रान्डको प्रभाव विश्वव्यापी रुपमा बढ्दो छ। अझ धेरै चिनियाँ ब्रान्डलाई अवसर अन्वेषण, अवसर हात पार्न तथा तिनका ब्रान्डलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ माथि उक्लन अवसर सिर्जना गर्ने कार्यमा सघाउने हाम्रो चाहना छ। यस वर्ष सूचीमा ओपोले उत्कृष्टता प्रदर्शित गर्न सफल भएको छ। ग्लोबल अन्तरदृष्टि तथा संसाधनको जैविक संयोजन मार्फत आफ्ना विश्वभरका उपभोक्ताका स्थानीय आवश्यकताको सम्बोधन गर्ने ओपोको क्षमतालाई हामीले नजिकबाट नियालेका छौँ ’, शेङ्गले भने। 

क्यान्टार ब्रान्डजी ब्रान्ड इक्विटी र मूल्यांकन ज्ञान र अन्तरदृष्टिका लागि विश्वकै अग्रणी स्रोत हो। यसले विश्वभरका ११ बजारमा रहेका ८ लाख ६० हजार उपभोक्ताको शोधमार्फत उद्देश्यपूर्ण रुपमा विश्वव्यापी उपभोक्ताको मस्तिस्कमा ब्राण्डको भ्यालू प्रस्तुत गर्दछ। 

सन् २००९ मा अन्तर्राष्ट्रिय अपरेसन सुरु गरेदेखि हाल आपोले आफ्नो आधिकारिक उपस्थिति विश्वव्यापी ६ महाद्विपमा रहेका ४० बजारमा जनाइसकेको छ। आईडीसीका अनुसार विश्वमै चौथो स्थान हात पार्दै सन् २०२१ को पहिलो क्वार्टरमा ओपोले विश्व मार्केट सेयरको १०.८% हिस्सा ओगटेको छ।