काठमाण्डौ । आज केही प्रोडक्ट्सहरु यस्ता छन्, जुन विश्वभरि नै चर्चित छन् । तर, तपाईं यो जानेर अचम्ममा पर्नुहोला कि यी विश्वचर्चित उत्पादनहरुको खोज भूलवश भएको थियो । जस–जसले यी चिजहरुको खोजी गरे, उनीहरु कुनै अरु चिज बनाउन चाहन्थे, तर बनिदियो यी प्रोडक्ट । हामी यहाँ तपाईंलाई केही यस्तै प्रोडक्टहरुको बिषयमा बताउन गइरहेका छौ, जसको खोज अञ्जानमै भएको थियो । यिनै प्रोडक्टहरु आज विश्वभरमै सबैभन्दा बढी प्रयोग गरिन्छ । 

भियाग्रा : यौन क्षमता बढाउने औषधि

यौन क्षमता बढाउनेवाला औषधि विश्वका सबै देशहरुमा प्रयोग गरिन्छ । दबाई कम्पनी फाइजरमा काम गर्ने दुई विशेषज्ञहरु सिमोन क्याम्पवेल र डेभिल रोबटर्सले भियाग्राको फर्मूलाको खोजी गरेका थिए । तर, यी दुई विज्ञ हाइपरटेन्सन तथा एञ्जिना भनिने मुटुको बिमारीका लागि औषधिको खोजीमा जुटेका थिए । सन् १९८० मा यसलाई मानव शरीरमा प्रयोगका लागि तयार गरियो । प्रयोग गरेपछि मात्र पत्ता लाग्यो कि यो औषधि त सेक्स पावर बढाउने औषधि पो बनेछ । त्यसपछि नै यसलाई भियाग्राको नामबाट बिक्री गर्न थालियो । 

कोका–कोला, कोल्ड ड्रिङ्क


कोका–कोला आज विश्वभरिकै चर्चित कोल्ड ड्रिङ्क हो । कोका कोलाको खोज पनि भूलवश नै भएको थियो । कोका–कोलालाई  फार्मासिस्ट जोन पेम्बर्टनले तयार गरेका  थिए । तर फार्मासिस्ट जोन पेम्बर्टन टाउको दुखेको र रुघाखोकी लाग्ने समस्याको समाधानका लागि एक सिरप(झोल औषधि) तयार गरिरहेका थिए । यस्तो सिरप तयार गर्ने क्रममा उनले तरल पदार्थमा वाइन र कोला(कोकिनबाट निक्लिने एक किसिमको पदार्थ) मिलाइदिए । जब अटलान्टा राज्यमा सन् १८८५ मा  रक्सीमा रोक लगाइयो, त्यसपछि उनले यो सिरपबाट वाइन निकालेर कार्बोनेट मिसाइदिए । अनि तयार भयो कोका–कोला । तर, कोकाकोलाको फर्मूला आजको दिनसम्म पनि सेक्रेट नै रहेको छ । 

सेनेटरी प्याड


अहिले औधी चलेको सेनेटरी प्याड पहिलोपटक पहिलो विश्वयुद्धमा घाइते सैनिकको उपचारका लागि तयार गरिएको थियो । युद्धको दौरान घाइते भएका सैनिकको शरीरबाट बगेको रगत रोक्नका लागि सेनेटरी प्याडको प्रयोग हुन्थ्यो । अन्तर्राष्ट्रिय परोपकारी संस्था रेडक्रसले यसलाई तयार गरेको थियो । तर, पछि विश्वभरका महिलाले सेनेटरी प्याडलाई सबैभन्दा धेरै प्रयोग गर्न थाले । यसरी सेनेटरी प्याडको आविष्कार भएको थियो । 

स्टेनलेस स्टील, मेटल


विश्वमा वर्षौदेखि फलामको प्रयोग हुँदै आएको छ । तर, सन् १९१२ मा बन्दूक बनाउने क्रममा ह्यारी ब्रेरलीले यत्तिकै आफ्नो बन्दूकमा क्रोमियमको प्रयोग गरे । यसले फलामलाई बिल्कुल अलग रुपमा रुपान्तरण गरिदियो । यो निकै मजबुत समेत भयो । त्यसपछि मात्र उनलाई थाहा भयो कि यो त बिल्कुलै नयाँ मेटलको आविस्कार भएछ भन्ने कुरा । आजको समय स्टेनलेस स्टील विश्वमै सबैभन्दा धेरै प्रयोग हुने मेटल बनेको छ । 

कर्न फ्लेक्स, फूड प्रोडक्ट्स


कर्न फ्लेक्सलाई पनि दुई भाईले अञ्जानमै आविस्कार गरेका थिए । अमेरिकाका डा. जोन हार्वे किलोग र उनका भाई डब्ल्यूके किलोग आफ्नो लागि ब्रेकफास्ट तयार गर्ने गर्थे । एकपटक दुवैले ग्रेनोला(एकप्रकारको ब्रेकफास्ट, जसमा मुछिएको पीठो, चिनी वा मह, सुक्खा फलफूलको मिक्स हुन्छ) नामको परिकार बनाउनका लागि आटालाई मूछेर राखिदिए र फेरि भूले । केही दिनपछि जब उनीहरुको ध्यान मूछेर छाडेको आँटामा गयो, त्यसबेलासम्म आँटा निकै सुक्खा भइसकेको थियो । यही कुराबाट आइडिया लिएर उनीहरुले कर्न फ्लेक्स बनाए ।

प्लाष्टिक


प्लाष्टिकको खोज चर्चित टायर निर्माता कम्पनी चाल्र्स गुडइयरले गरेको हो । एकदिन टायर बनाउन प्रयोग हुने रबरलाई सल्फरमा मिसाएर स्टोभमा राखियो, तर लामो समयसम्म त्यसलाई निकाल्न भूलियो । जब याद आयो, तब आएर हेर्दा निकै कडा ठोस चिज बनिसकेको थियो । पछि यो ठोस चिजलाई थिचेर र पेलेर केही आकारहरु दिइयो । यही समयदेखि प्लाष्टिकको सुरुवात भयो । 

कुकीज


सन् १९३६ मा बिस्कुट उत्पादन गर्ने उद्योगमा एक बच्ची गएकी थिइन । ती बच्चीको हातमा चकलेटको टुक्रा थियो । त्यो टुक्रा तयार भइरहेको बिस्कुटमा झर्यो । जब उद्योगका मानिसले यो कुरा देखे, तब बिस्कुटलाई चकलेटको साथमा नयाँ लुक्स दिने बिषयमा उनीहरुले तत्कालै सोंच बनाए । यसरी विश्वमा कुकीज बनाउने कामको सुरुवात भयो, गल्तीले । 

बबल गम


थोमस एडम्स इलास्टिकको दोश्रो विकल्पको खोजीमा तल्लीन थिए । तर, जब उनी आफ्नो खोजप्रति सन्तुष्ट भएनन् र उनले आफू नजिकै रहेको पदार्थलाई गल्तीवश झुक्किएर मुखमा हाले । तब उनलाई महसुस भयो कि त्यो पदार्थ उनको मुखमा निकै नरम अनुभव भइरहेको थियो । त्यसपछि उनले त्यो पदार्थ विभिन्न फ्लेबरमा आविष्कार गरे । सन् १८८८ देखि यसरी चुइगम(बबलगम)को आविष्कार भयो ।