काठमाण्डौ । टाटा मोटर्सले भारतीय बजारमा टाटा टिगोरको इलेक्ट्रिक भर्जन मंगलबार लन्च गरेको छ।

यो कार जिपट्रोन टेक्नोलोजीमा आधारित रहेको छ। नेक्सन ईभीपछि टाटा मोटर्सको यो दोस्रो इलेक्ट्रिक कार हो, जुन जिपट्रोन टेक्नोलोजीमा आधारित छ। २६ केडब्ल्यू लिथियम आयल ब्याट्री प्याकसहितको यो इलेक्ट्रिक कार केवल ५.७ सेकेन्डमै ०.६० केएमपीएचको रफ्तार लिन सक्छ। 

टाटा टिगोर ईभी ३ वटा भेरियन्टमा उपलब्ध हुनेछन्। जसमा टाटा टिगोर ईभी एक्सई, एक्सएम र एक्सजेड प्लस रहेका छन्। भारतीय बजारमा यी ३ भेरियन्ट क्रमशः ११.९९ लाख, १२.४९ लाख र १२.९९ लाख भारुमा उपलब्ध हुनेछन्। 

यो इलेक्ट्रिक कारमा एकपटक फुल चार्ज गर्दा ३०६ किलोमिटरसम्मको यात्रा गर्न सकिनेछ। हालसम्म यति धेरै माइलेज अन्य इलेक्ट्रिक कारमा पाइने छैन। 

यो कार फास्ट चार्जरबाट १ घन्टामै ८० प्रतिशतसम्म चार्ज हुने कम्पनीले दाबी गरेको छ। होम चार्जिङमा भने ८० चार्ज हुनका लागि करिब ८.५ घन्टा लाग्न सक्ने कम्पनीको भनाइ छ। 

नयाँ टाटा टिगोर ईभीमा हिल एसेन्ट, हिल डिसेन्ट कन्ट्रोल, डुअल एयरब्याग, एबीएस विथ ईबीडीका साथ सीएससी अर्थात कर्नरिङ स्ट्याबिलिटी कन्ट्रोलजस्ता फिचरहरु पाइनेछ। – एजेन्सी