काठमाण्डौ । भारतीय बजारमा टाटा मोटर्सले आफ्नो शानदार एसयूभी टाटा ह्यारियर र टाटा सफारीको एक्सटीए प्लस भेरियन्ट लन्च गरेको छ। 

यी दुवै लग्जरी एसयूभी हुन्। हाल भारतमा यी दुवै गाडीको राम्रो बिक्री देखिएको छ। 

यी दुवै एसयूभीमा ६ स्पिड अटोमेटिक गियरबक्स र प्यानारोमिक सनरुफसमेत थुप्रै विशेष फिचरहरु रहेका छन्।

हाल भारतीय बजारमा टाटा सफारी एक्सटीए प्लसको मूल्य भारु २०.०८ लाख (एक्स शोरुम) मूल्य र टाटा ह्यारियर एक्सटीए प्लस मूल्य भारु १९.३४ लाख रुपैयाँ तोकिएको छ। भारतमा फुल साइज एसयूभी सेगमेन्टमा टाटा ह्यारियर र सफारी दुवै मिलाउँदा सबैभन्दा धेरै ४१.२ प्रतिशत हिस्सा रहेको छ। अब यी दुवै नयाँ एसयूभी ग्राहकका लागि राम्रो विकल्प बन्न सक्छन्। 

यी दुवै गाडीमा १७ इन्चको अलोय ह्विल्ज, ७ इन्जको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, प्रोजेक्टर हेडल्यम्प, डुअल फंक्सन एलईडी डीआरएल, ८ स्पिकर, पुस बटन स्टार्ट, रिभर्स पार्किङ क्यामेरा, अटोमेटिक हेडल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर्सका साथै ग्लोबल क्लोज एन्टी पिन्च र रेन सेन्सिङ प्यानारोमिक सनरुफरजस्ता उच्चस्तर र सेफ्टी फिचरहरु रहेका छन्। यी दुवै एसयूभीमा डुअल फ्रन्ट एयरब्याग्स पनि रहेका छन्। 

यी दुवै एसयूभीमा २ लिटरको टर्बोचाज्र्ड डिजल इन्जिन लगाइएको छ। जसले १७०बीएचपीको पावर र ३५०एनएम टार्क जेनरेट गर्न सक्षम छ।