काठमाण्डौ । सिप्रदी ट्रेडिङ प्रालिले टाटा नेक्सन ईभीको नेपाली बजारमा बिक्रीवितरण प्रारम्भ भएको प्रथम वर्ष आज सफलतापूर्वक पूरा गरेको छ। यो ईभीको उत्पादन भारतको अग्रणी विद्युतीय गाडी निर्माता टाटा मोटर्स्द्वारा गरिएको हो। 

नेपालमा विद्युतीय गाडीको अवलम्बनलाई नयाँ गति दिने उद्देश्यले सिप्रदीले नेक्सन इभी नेपालमा ल्याएको थियो। एक वर्षको छोटो अवधिमै यसले आफूलाई एक अत्यन्त लोकप्रिय विद्युतीय गाडीका रुपमा स्थापित गरेको छ। मुलुकको विद्युतीय गाडीको कुल बजारको बढी अंश नेक्सन ईभी एक्लैले ओगटेको छ।

यो उल्लेखनीय सफलताको प्रमुख कारण आकर्षक बनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून सञ्चालन खर्च, उत्कृष्ट कार्यक्षमता आदि हुन्। यसैगरी द्रुत चार्जिङ क्षमता, लामो ब्याट्री आयु र समुच्च सुरक्षाका विशेषताहरुबाट यो सुसज्जित छ। ‘फास्ट चार्जिङ’ र ‘स्लो चार्जिङ’ दुवैका लागि चर्जिङ स्टेसनको बृहत सञ्जाल एवं अत्याधुनिक सुविधा सम्पन्न सेवा केन्द्रले गर्दा पनि नेक्सन इभीले आफूलाई सर्वोत्कृष्ट सावित गर्न सक्षम भएको हो।

यो गाडीलाई नेपालकै पहिलो एवं स्मार्ट ईभी चर्जिङ एप– ‘इजी’ एपमार्फत चार्ज गर्न सकिछ।  यो एपको प्रयोग हाल १ हजारभन्दा बढी परिवारले गरिरहेका छन्।

दक्ष कर्मचारी एवं भौतिक संशाधनहरुको प्रभावकारी परिचालन गरी सिप्रदीले नेक्सन ईभीका हरेक ग्राहकले घरमा चार्जर जडान गर्ने प्रक्रिया पनि सञ्चालन गरिरहेको छ। यस कम्पनीको १६ डिसी फास्ट चार्जरको सबैभन्दा व्यापक सञ्जाल रहेको छ भने यसले हालसम्म होटेल, अस्पताल, बैंक, मल र रेस्टुरेन्ट जस्ता सार्वजनिक स्थानहरुमा १२० भन्दा बढी एसी चार्जरहरु जडान गरेको छ।

नेक्सन ईभीको नेपालमा बिक्रीवितरण भएको प्रथम वर्ष पूरा भएको अवसरमा यसको ग्राहकलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरुको आयोजना गर्दैछ। यस्ता कार्यक्रमले उनीहरुको यस गाडीसँगको सम्बन्धलाई अझ विशेष बनाउने कम्पनीले विश्वास राखेको छ।