काठमाण्डौ । अमेरिकी टिकटक प्रयोगकर्ताका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले खुसी खबर दिएका छन्। 

ट्रम्पले टिकटकको अमेरिकी कारोबारका लागि ओरेकल र वालमार्टबीचको प्रस्तावित सम्झौतालाई अघोषित रुपमा अनुमति दिएका छन्। यसका साथै उनले यो सम्झौताको सफलताका लागि शुभकामनासमेत दिएका छन्। 

ट्रम्पले यो सम्झौताबाट टिकटक विश्वमा एउटा नयाँ कम्पनीको नाममा परिचित हुने बताए। उनले यो कम्पनीले अमेरिकामा करिब २५ हजारलाई नयाँ रोजगारी  सिर्जना गर्नेसमेत बताए। यसका साथै कम्पनीले अमेरिकी जनताको शिक्षाका लागि ५ बिलियन डलरको कोष उपलब्ध गराउनेछ। 

राष्ट्रपति ट्रम्प लामो समयदेखि सुरक्षा कारण देखाउँदै चीनसँग जोडिएको टिकटकमाथि निसाना साधिरहेका छन्। 

उता टिकटकले पनि एउटा बयान जारी गर्दै आफू टिकटक आरेकल र वालमार्टको प्रस्तावित सम्झौताबाट खुसी भएको उल्लेख गरेको छ। कम्पनीले अमेरिकी प्रशासनको सुरक्षासँग जोडिएको मुद्दाहरु र भविष्यमा अमेरिकामा टिकटकसँग जोडिएका सवालहरु समाधान गर्ने प्रतिबन्ध रहेको जनाएको छ। 

प्रस्तावित सम्झौताअनुसार टिकटकको अमेरिकी प्रयोगकर्ताको डेटाको सुरक्षाको जिम्मेवारी आरेकलसँग हुनेछ। यसको अलावा अमेरिकाको राष्ट्रिय सुरक्षाको आवश्यकताका अनुसार कम्प्युटर सिस्टमलाई सुरक्षित बनाइनेछ। यसका साथै टिकटक, वालमार्टसँग मिलेर ओरेकल कर्मसियल पार्टनरसिपमाथि काम गर्नेछ। 

ट्रम्पले आफ्ना तर्फबाट यो सम्झौतालाई हरियो झन्डा देखाएपछि अमेरिकी सरकारको टिकटकमाथिको प्रतिबन्ध टरेको छ। यसका साथै टिकटकलाई गुगल तथा एप्पलको एप स्टोरबाट हटाउने निर्णय पनि रोकिएको छ। 

यो प्रतिबन्ध आइतबार रातिबाट लागू हुन गइरहेको थियो। डिपार्टमेन्ट अफ कर्मसका तर्फबाट जारी गरिएको बयानका अनुसार तत्काललाई यो निर्णय २७ सेप्टेम्बरसम्मका लागि लम्बाइएको छ। 

टिकटकमाथिको प्रतिबन्ध हटे पनि विच्याट माथिको प्रतिबन्ध भने कायमै रहेको डिपार्टमेन्ट अफ कर्मसले जनाएको छ।