काठमाण्डौ । भारतमा टिकटकसहित ५९ वटा चिनियाँ एपमा स्थायी रुपमा प्रतिबन्ध लगाउने भएको छ। 

सीमा भएको मुठभेडलाई लिएर भारतले यी एपमा प्रतिबन्ध लगाउने भएको हा। गत वर्ष जुनको अन्तिम साता भारत सरकारले यी चिनियाँ एप देशको सम्प्रुभता, अखण्डता र सुरक्षाका लागि खतरा रहेको जनाउँदै नोटिस जारी गरेको थियो। अब भने इलेक्ट्रोनिक्स एवं सूचना प्रौद्योगिकी मन्त्रालयले यी एपमाथि स्थायी प्रतिबन्ध लगानका लागि गत साता नयाँ नोटिस पठाएको थियो।

मन्त्रालयले नयाँ नोटिसमा यसअघि पठाएको नोटिसको चिनियाँ एपहरुबाट चित्तबुझ्दो जबाफ नआएकाल अब स्थायी प्रतिबनध लगाउनु परेको उल्लेख गरेको छ। यसअघि यी एपहरुमा अस्थायी प्रबन्ध लगाइएको थियो। 

भारत सरकारले टिकटकसहित हेलो, वीच्याट, अलीबाबाको यूसी ब्राउजर र यूसी न्युज, शीन क्ल फ्याक्ट्री, लाइकी, बिगो लाइभ, क्वाई, क्ल्यास अफ किंग्स र क्याम स्क्यानरजस्ता एप समावेश छन्। – एजेन्सी