काठमाण्डौ । टीभीएस मोटर कम्पनीको प्रिमियम मोटरसाइकल टीभीएस अपाचे रेकर्डतोड बिक्री भएको छ। 

यो मोटरसाइकल विश्वभर ४० लाख युनिट बिक्री भएको हो। जुन मोटरसाइकल बिक्रीको हिसाबले हालसम्मकै उच्च रहेको कम्पनीको दाबी छ। 

टीभीएसको अपाचे सिरिजअनुसार हालसम्म आरटीआर १६०, अपाचे आरटीआर १६० ४भी, अपाचे आरटीएआर १८०, टीभीएस अपाचे आरटीआर २०० ४भी र आआर ३१० मोडलहरु लन्च भइसकेका छन्।

कम्पनीले सन् २०१५ टीभीएस अपाचे बाइक लन्च गरेको थियो। यो बाइकलाई विश्वभर निकै लोकप्रिय रहेको छ। विशेषगरी युवावर्गले यो बाइक निकै मन पराउँछन्। – एजेन्सी