पोखरा । १२५ सीसी सेगमेन्टकै सबैभन्दा शक्तिशाली स्कुटर टीभीएस एनटर्क १२५ रेस एक्सपी अब पोखरामा पनि उपलब्ध हुने भएको छ। 

योसँगै अब सर्वसाधारणले पोखरास्थित बतास ब्रदर्स प्रालिबाट पनि स्कुटर खरिद गर्न सक्नेछन्। यो नयाँ मोडलमा TVS SMARTXONNECTTM  कनेक्टिभिटी प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुका साथै हलुका वजन रहेको कम्पनीले जनाएको छ। 

योभन्दा अगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टीभीएसले स्कुटर उद्योगमै सबैभन्दा पहिला नयाँ भोइस–असिस्ट फिचरयुक्त SMARTXONNECTTM कनेक्टिभिटी प्ल्याट्फर्मसहितको लन्चसँगै स्कुटर उध्योगमा आफ्नो छुट्टै उदाहरण प्रस्तुत गर्न सफल भएको छ। 

यसमा मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डीएनडीलगायत अन्य थुप्रै कनेक्टिभिटी फसनहरु समावेश गरिएको छ। १२५ सीसी सेग्मेन्टमा १० पीएसभन्दा धेरै पावर हुने यो नेपालकै एकमात्र स्कुटर हो। पहिलाको भन्दा सुधारिएको ग्यास फ्लो डाइनामिक्स र कम्बुस्चनले यसको पावर डेलिभरी अझै राम्रो बनाएको छ। 

यसमा प्रयोग भएको एड्भान्स्ड इन्जिनियरिङ पोलिमर र सर्वाधिक बलियो एलोए स्टिलले यसलाई अझ हलुका बनाएको छ जसले गर्दा यो स्कुटर चलाउन पनि सजिलो छ।

यस अवसरमा टीभीएस मोटर कम्पनीको इन्टरनेसनल बिजनेसका उपाध्यक्ष राहुल नायकले भने, ‘नेपाल सधैँ हाम्रा लागि प्रमुख बजार भएको छ र यसले ग्राहकका लागि हाम्रा प्रस्तावहरु ल्याउन पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ। टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपालमा लन्च गर्न पाउँदाहामी अत्यन्तै हर्षित छौँ। टीभीएस एनटर्कले लन्च गरेदेखि नै नेपाली राइडरहरूबाट सबै सकारात्मक प्रतिक्रिया र प्रतिक्रिया संकलन गरिसकेको छ। भर्खरै लन्च गरिएको टीभीएस एनटर्क १२५ रेस एक्सपी यस खण्डमा उच्च शक्ति, फर्स्ट–इन–सेगमेन्ट डुअल राइड मोडहरु, उच्च टप स्पिड र उत्कृष्ट एक्सेलेरेसन प्रदान गर्दछ। स्कुटरले उत्कृष्ट कार्यसम्पादनको प्रतिबद्धतामात्रै गर्दैन तर उत्कृष्ट श्रेणीको कनेक्टिभिटी र सवारीसाधनका विशेषताहरुसहितको सेगमेन्ट–फर्स्ट १०.२ पीएस पावरले भरिएको छ। जसले नेपालमा ग्राहकको आनन्दको हाम्रो दर्शनलाई थप जोड दिनेछ।’

लन्चमा बोल्दै जगदम्बा मोटर्सका म्यानेजिङ डाइरेक्टर साहिल अग्रवालले भने, ‘टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपालमै गेम चेन्जिङ स्कुटर हुन सक्छ। हामीले पहिला पनि यसको लोकप्रियता देखिसकेका छौँ र अहिलेको नयाँ पुस्ताको राइडरहरु बिच, यो चर्चाको बिषय हुनेछ भन्ने हामीलाई विश्वास छ।’