काठमाण्डौ । टीभीएस मोटर कम्पनीले आफ्नो ‘टीभीएस स्टार सिटी प्लस’ मोटरसाइकलको टिजर सार्वजनिक गरेको छ।
कम्पनी सार्वजनिक टिजरका अनुसार यो मोटरसाइकल स्पेसल एडिसन मोडलमा लन्च हुनेछ। कम्पनीले सार्वजनिक गरेको तस्बिरमा मोटरसाइकल कालो रङको हुनेछ।
कम्पनीले भने यो मोटरसाइकलको स्पेसिफिकेसन्स वा फिचरबारे पनि केही सार्वजनिक गरेको छैन।
यसअघि पनि कम्पनीले स्टार सिटी प्लस मोटरसाइकल गत वर्ष जनवरीमा लन्च गरेको थियो। जसमा कम्पनीले बीएस ६ इन्जिनका साथ कस्मेटिक परिवर्तन गरेको थियो।
कम्पनीले सार्वजनिक गरेको टिजरमा नयाँ टीभीएस स्टार सिटी प्लस छिटै लन्च गरिने जानकारी गराइएको छ। – एजेन्सी
53 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
5 hours ago