काठमाण्डौ । टीभीएस मोटरको नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको छ।
काठमाण्डौको भृकुटीमण्डपमा कात्तिक २ गते एक कार्यक्रममा टीभीएसका ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काद्वारा नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपीको अनावरण गरिएको थियो। जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवाल र भाइस प्रेसिडेन्ट दीपक रौनियारद्वारा कार्यक्रमको उद्घाटन गरिएको थियो।
कार्यक्रममा कलाकार उषा उप्रेती र विपिन श्रेष्ठको उपस्थिति थियो भने कलाकार प्रताप दास र रचना रिमालको विशेष प्रस्तुति रहेको थियो।
लन्च कार्यक्रमसँगै जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला’ नामक एक्सचेन्ज मेला पनि आयोजना गरेको छ। असोज ३१ बाट सुरु भएको यो मेला कात्तिक ५ गतेसम्म भृकुटीमण्डपमा चल्नेछ।
एक्सचेन्ज मेलामा ग्राहकले कुनै पनि ब्रान्डका पुराना बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरु पाउनेछन्। मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुराना बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसको दुईपांग्रे सवारीसाधन लिँदा बजार मूल्यांकनभन्दा रु. ७ हजार बढीको मूल्य पाउनेछन्। यसका साथै नकिन्दै १ लाख र किन्दा १० लाख रुपैयाँसम्मको नगद छुटको पनि व्यवस्था छ।
यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ। जसअन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र रु. ४ हजार २७७ को मासिक ईएमआईमा बाइक तथा स्कुटर लिन सकिन्छ। यस बाहेक ग्राहकले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन्।
कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टीभीएसले स्कुटर उद्योगमै सबैभन्दा पहिलो भोइस–असिस्ट फिचर यस स्कुटरमा समावेश गर्न सफल भएको छ। SMARTXONNECTTM कनेक्टिभिटी प्ल्याट्फममार्फत सञ्चालित भोइस–असिस्ट फिचर उपलब्ध यस स्कुटरलाई टीभीएस कनेक्ट मोबाइल एपमार्फत सजिलै कनेक्ट गर्न सकिन्छ।
युवावर्गका लागि लक्षित गरेर डिजाइन गरिएको एनर्टक स्कुटरमा रहेको भ्वाइस असिस्टको सहायताबाट राइडरहरुले मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डीएनडीलगायत अन्य थुप्रै कनेक्टिभिटी फङ्सनहरु सजिलै प्रयोग गर्न सक्नेछन्। यसले गर्दा राइडरहरुले ड्राइभ गर्दा–गर्दै पनि कुनै पनि ब्लुटुथ कनेक्टेड डिभाइसमार्फत आवाजकै भरमा विभिन्न सेटिङहरु कन्ट्रोल गर्न सक्छन्।
त्यस्तै यसको अर्को मेजर अपडेट भनेको पर्फर्मेन्स पारामिटरलाई ग्राफिकल्ली देखाइएको छ।
यसैगरी यसमा नियमित आवतजावत गरिरहने रुटहरु सेभ पनि गर्न मिल्छ। जसले गर्दा यसको न्याभिगेसन झनै उपयोगी बनाएको छ। यसमा समावेश गरिएको टीभीएस रेसिङ पेडिग्रीले स्कुटरलाई उच्चतम पर्फर्मेन्स प्रदान गर्छ।
यसका साथै यसमा भएको रेस टनेल फुएल इन्जेक्सन (आरटी–एफआई) इन्जिनले ५५०० आरपी टर्क प्रदान गर्दछ।
जगदम्बा मोटर्स नेपालमा टीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक हो। कम्पनी शंकर समूहद्वारा सञ्चालित छ।
जगदम्बा मोटर्सको १४० भन्दा बढी थ्रीएस डिलर र २०० भन्दा बढी आधिकारिक सेवा केन्द्रका साथ काठमाण्डौंमा ६ विशेष शोरुमसहितको विस्तृत डिलर नेटवर्क रहेको छ।
15 minutes ago
43 minutes ago
53 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago