काठमाण्डौ । अन्तर्राष्ट्रिय कोल्याबोरेशन ‘स्टे ओपन’को व्यापक सफलतापछि टुबोर्गले ‘आर्बिट्ररी ग्रुप’को सहकार्यमा ल्याएको टुबोर्ग ओपन सेसन्स्को सफलतासँगै यही सेसन्सअन्तर्गत अर्को ‘ड्रिम बिग प्रोजेक्ट’ ल्याउने भएको छ । 
 
टुबोर्ग ओपन सेसन्स् ‘हर्षको गीत’बाट सुरु भएको थियो र हरेक शनिबार र बुधबार बिहान ८ बजे युट्युब च्यानल,‘च्यानल आर्बिट्ररी’ मा गीतहरु प्रदर्शन भईरहेका छन् । त्यो ओपन सेसन्स्मा मनोजकुमार केसी, बिधान श्रेष्ठ, दिपक बज्रचार्य, उदय सोताङ, शितल मोक्तान, श्रेया सोताङ, रोहितजोन क्षेत्री, स्वप्न सुमन लगायत नेपाली संगीत क्षेत्रका लोकप्रिय कलाकारहरु रहेका छन् ।
 
ओपन सेसन्स्मा अलिअलि, प्रिय, तिमीलाई सम्झी, माछी मारन, म हुँ म, कुनै दिन, जीवन, उ पो को होला, तिमी र म, रानी बनैमा, किन हो किन, अपराधी, बिर्सिने हौ कि, औल्याई सक्यो जस्ता गीतहरु समावेश गरिएको छ । उक्त गीतहरुले सामाजिक सञ्जालमा कुल २० लाख दर्शक मार्फत ३० लाख भ्यु पुर्याई १ करोडपटक प्रभाव पार्न सफल भएको छ ।
 
टुबोर्ग ओपन सेसन्स्, एउटा युट्युब श्रृंखला हो, जसमा लोकप्रिय तथा चल्तीका नेपाली कलाकारहरुको स्टुडियोमा प्रत्यक्ष प्रसारण गरिन्छ । पुराना नेपाली लोकप्रिय गीतहरुदेखि चल्तीका गीतहरु समावेश गरिन्छ । उक्त डिजिटल प्ल्याट्फर्ममा नेपाली संगीतलाई विभिन्न शैलीमा प्रस्तुत गरिन्छ ।
 
निकै सफलता पाएको टुबोर्गको अन्तर्राष्ट्रिय सांगीतिक ट्रयाक स्टे ओपनको अवधारणालाई पछ्याउँदै टुबोर्ग ओपन सेसन्स् सुरु भएको हो । 
 
उक्त ट्रयाक, टुबोर्ग ओपनका लागि अमेरिकी निर्माता तथा डिजे डिप्लो र डेनिस गायिका मोको सहकार्यमा रेकर्ड गरिएको थियो । ट्रयाकको नेपाली संस्करणका लागि र्यापर लाउरे र गायक तथा संगीतकार बिपुल क्षेत्रीले ओपन टु मोरको औचित्यलाई प्रस्तुत गर्र्दै ट्रयाकको शब्दहरु पुनः लेखन गरेका थिए । 
 
टुबोर्गको सहायताले नेपाली कलाकारहरु लाउरे र बिपुलले अन्तराष्ट्रिय कलाकारहरु डिप्लो र मोसँग सहकार्य गरी एक कोल्याबोरेटिभ गीत र भिडियो प्रस्तुत गर्न सफल भएका थिए ।
 
उत्कृष्ट युट्युब म्युजिक च्यानल, च्यानल आर्बिट्ररी सँग मिली टुबोर्ग ओपन सेसन्स्ले नेपाली संगीत क्षेत्रको अभाव पूरा गर्ने र कलाकार तथा संगीतकारहरुले सँगै काम गराई नयाँ अनुभवहरु बटुल्न तथा नयाँ कलाकारहरुलाई मौका दिने उद्देश्य राखेको छ ।
 
टुबोर्ग ओपन सेसन्स्को सांगीतिक योजनाकार मनोजकुमार केसी रहेका छन् । बहुचर्चित ब्याण्ड १९७४ ए.डी.का सदस्य तथा रचनाकार केसी, निकै लामो सांगीतिक यात्रा गरेका नेपाली सांगीतिक क्षेत्रका परिचित व्यक्तित्व हुन् । केसी र काठमाण्डौ ज्याज कन्जरभेटरीको सहयोगमा यो परियोजना सम्भव भएको हो ।
 
हाल जारी टुबोर्ग ओपन सेसन्स्को सफलतापछि, ड्रिम बिग प्रोजेक्ट सुरु हुँदैछ । ड्रिम बिग प्रोजेक्ट, टुबोर्ग ओपन सेसन्स्को एउटा भाग हो जसमा मानिसहरुलाई टुबोर्ग ओपन सेसन्स्को मञ्चमा स्वयम् आफ्नो सांगीतिक प्रस्तुती देखाउने मौका पाउने छन् । 
 
एक वेभपोर्टल तयार पारिएको छ जसमा, कोही पनि ईच्छुक गायक वा ब्याण्डले आफ्नो रचना वा अरु कलाकारहरुको गीत प्रस्तुत गरी अपलोड गर्न सक्नेछन् । अपलोड भएका सबै भिडियोहरुमध्ये, १० जना उत्कृष्ट गायक वा ब्याण्डहरुको छनोट हुनेछ । 
 
छनोट भएका प्रतियोगीहरुले काठमाण्डौ ज्याजकन्जरभेटरी र टुबोर्ग ओपन सेसन्स्का संगीतकारहरुसँग काम गर्ने मौका पाउने छन् । छनौट भएका भिडियोहरुपछि च्यानल आर्बिट्ररी र टुबोर्ग ओपन सेसन्स्को फेसबुक पेजमा अपलोड हुनेछ ।
 
टुबोर्गको कलाकारहरुसँग सांगीतिक सहकार्यको लामो इतिहास रहेको छ । टुबोर्ग ओपन सेसन्स् अन्तर्गतको ड्रिम बिग प्रोजेक्टबाट टुबोर्गले नेपालमा युवा कलाकारहरुका लागि डिजिटल सांगीतिक कोल्याबोरेशनमा नयाँ प्रवृति ल्याउने उद्देश्य राखेको छ ।