काठमाण्डौ । नेपालको सबैभन्दा लोकप्रिय बियर ब्रान्ड टुबोर्ग र संगीतको कयौँ वर्षदेखि निकै नै गहिरो सम्बन्ध चलिआइरहेको छ।

टुबोर्गले सधैँ संगीत क्षेत्रको उत्थानका लागि काम गर्दै आइरहेको छ। यसैसम्बन्धी गत ५ वर्षदेखि टुबोर्गले टुबोर्ग ओपेन अभियानद्वारा निरन्तर कैयाँै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारसँग संलग्नभई संगीत क्षेत्रलाई उत्थान गर्दै आइरहेको छ। 

टुबोर्गले नेपाललगायत भारत, चीन, टर्की, सर्बिया साथै अन्य देशहरुमा पनि टुबोर्ग ओपन अभियानद्वारा राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारलाई जोडेर नयाँ संगीत सिर्जना गर्दै आइरहेको छ। टुबोर्ग ओपेन अभियान, टुबोर्ग उत्पादन फैलिएका विभिन्न देशमा छैटौँपटक हुँदैछ भने नेपालमा यो पाँचौँपटक हुनेछ। 

टुबोर्ग ओपेनको हरेक वर्ष एउटा फरक थिम हुन्छ। यो वर्षको थिम भने ‘टेक द स्टेज’ भनेर रहेको छ। जसमा अन्तर्राष्ट्रिय विश्वप्रख्यात कलाकारले उभर्दो स्वदेशी कलाकारहरुलाई मेन्टरसिप प्रदान गरी उनीहरुलाई कसरी राम्रो गीत बनाउने र सांगीतिक उद्योगमा सफल कलाकार हुनेजस्ता विषयमा मार्गदर्शन दिएका छन्। 

यस वर्ष टुबोर्गले लोकप्रिय अमेरिकन संगीतकर्मी जेसन डेरुलोलाई टुबोर्ग ओपनका लागि लिएको छ भने उनीसँगै जोडिएका छन्, नेपालका उदयीमान कलाकार भेक। 

उक्त मेन्टरिङ सत्र केही समयअघि लस एन्जलसमा भएको थियो। जहाँ भेकले स्टुडियोमा जेसन डेरुलोसँग समय बिताउने मौका पाएका थिए। यस वर्षको टुबोर्ग ओपनका लागि भेकले डेरुलोबाट पाएको निर्देशनतथा सुझावहरु प्रयोग गरी ‘खोलौँ रमेर’ नामक गीत बनाएका छन्। जसले युट्युबमा १० मिलियन भ्युजहरु पार गरिसकेको छ र भ्युजहरु बढ्ने क्रम अझै जारी छ। 

भेक भन्छन्, ‘मेरो गीत’ ‘खोलौँ रमेर’ले यति धेरै माया पाएको देखेर म एकदम खुसी छु। म मेरो सम्पूर्ण फ्यानसहरुलाई यसका लागि धन्यवाद भन्न चाहन्छु। यस उपलब्धिले ममा नयाँ उमाङ भरी मलाई यसरी नै मेरो गीत संगीतले मेरो फ्यानसलाई मनोरन्जन गर्न प्रेरित गरेको छ। थप रुपमा म टुबोर्गलाई धेरै धन्यवाद दिन चाहन्छु। जसले मलाई यो अवसर दियो र यस गीतको सफलतालाई मुम्किन बनायो।’

गोर्खा ब्रुअरीका मर्केटिङ डाइरेक्टर आशिष बिस्ट भन्छन्, ‘टुबोर्ग र संगीतको नाता नेपाली सांगीतक क्षेत्रमा एकदम गहिरो छ। गत कैयौँ वर्षदेखि यो अटुट सम्बन्ध अझै पनि कायम छ। सोही उद्देश्यलाई निरन्तरता दिँदै टुबोर्ग ओपनले सफल अन्तर्राष्ट्रिय कलाकारहरु र विश्वका विभिन्न भागका उदीयमान कलाकारहरुसँग सहकार्य गर्न उचितप्लेटफर्म उपलब्ध गराउँदै आएको छ। यस वर्षको गीत ‘खोलौँ रमेर’ ले दर्शकबाट अत्यन्त नै माया पाएको देख्दा हामी एकदमै हर्षोल्लासित छौँ र भविष्यमा पनि सोही कार्यलाई निरन्तरता दिन यसले हामीलाई थप अत्मविश्वास दिएको छ।’