काठमाण्डौ । टुबोर्ग र च्यानल आरबिट्ररीले फेरी टुबोर्ग ओपन सेसन्स्को सिजन–२ ल्याउँदैछन्, जुन एक युट्युब सिरिज हो, जसमा, विभिन्न प्रसिद्घ कलाकारहरुको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको प्रस्तुती पेश गरिन्छ । 

सो डिजिटल प्ल्याटफर्मले कलाकारहरुको रचनात्मकता र सांगीतिक सहकार्य मार्फत पुराना र हालका लोकप्रिय गीतहरुको बढावा गर्दछ ।

सिजन २ मा के फरक छ ?
यस वर्षको टुबोर्ग ओपन सेसन्स् संगीत र गायकहरुको चयनको आधारमा पहिले भन्दा थप विशाल र उत्तम हुनेछ । दुई प्रख्यात निर्माता रोहित शाक्य र मनोज कुमार केसीले नेपाली संगीतको सारलाई पुनर्जीवित गर्दै, अक्टोबरदेखि रिलिज हुने सबै २६ वटा गीतहरुमा सँगै सहकार्य गर्नेछन् । तीमध्ये २० वटा गीतहरुमा प्रचलित कलाकारहरुले काम गर्नेछन्, ५ वटामा टुबोर्ग ड्रिम बिग प्रोजेक्टका विजेताहरुले काम गर्नेछन् भने एक मुख्य गीतमा विभिन्न कलाकारहरुले सांगीतिक सहकार्य गर्नेछन् ।

सिजन २ ले नेपाली संगीतकारहरुसँग गौरवपूर्ण उत्साह मनाउँदै उनीहरुलाई टुबोर्ग ओपनको मञ्चमा ल्याउने क्रम जारी राख्नेछ । नेपाली संगीत उद्योगको विविधतालाई अँगाल्ने र परम्परागत साँगीतिक आधारहरुलाई सम्मान गर्ने यस सेसनको लक्ष्य रहेको छ ।

साथै, स्वप्न सुमन, रोहित जोन क्षेत्री, उदय सोताङ र दि एलिमेन्टस् ब्याण्ड ले सिजन १ को सफलतालाई थप निरन्तरता दिनेछन भने अरु १५ कलाकारहरुले यस सिजनमा पहिलो पटक टुबोर्ग ओपनको मञ्चमा प्रस्तुती दिदैछन् ।

टुबोर्ग ओपन सेसन्स् सिजन १ को सफलता

टुबोर्ग ओपन सेसन्स् सिजन १ ले नेपाली दर्शकहरुलाई कलाकारहरुको विविध समुहको प्रस्तुतीको साथ ध्यानाकर्षण गर्न सफल रह्यो । सिजन १ मा ५ ड्रिम बिग प्रोजेक्टका विजेताहरुको साथै ३६ जना लोकप्रिय कलाकारहरुले ५१ वटा गीतहरु निर्माण गर्न सँगै सहकार्य गरेका थिए जुन युट्युबमा च्यानल आरबिट्ररी मार्फत अपलोड गरिएको थियो जसले १ करोड भन्दा बढी भ्युज संकलन गरेको छ ।

ड्रिम बिग प्रोजेक्टको गत वर्षको विजेताहरु आरिफ रौफ, सुनिता कार्की, मोनिस निरौला र शौरभ कार्की, राजेश नेपाली र सलोनि डंगोल रहेका थिए । नेपाली संगीतमा परिचित नामहरु श्रेया सोताङ, दिपक बज्रचार्य, रोहित जोन क्षेत्री, स्वप्न सुमन, हेमन्त राना, नितेश जंग कुवर, मनोज कुमार केसी, कबवेब र अरु कलाकारहरुले पनि सिजन १ मा प्रस्तुती दिएका थिए ।

टुबोर्ग ओपन सेसन्स् सिजन-२ ले दर्शकहरुलाई विविध सांगीतिक शैलीहरु नयाँ रङ का साथ प्रस्तुत गरी नयाँ सांगीतिक अनुभवहरु प्रदान गर्दैछ ।