काठमाण्डौ । तीन प्रतिभाशाली कलाकार, तीन भिन्न शैली र एक बेजोड गीत, ‘आस्तिक’ यी कुराहरुको मिश्रण रहेको छ । भिन्न सांगीतिक सहकार्य रहेको ‘आस्तिक’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको हो । 

टुबोर्ग र च्यानल आरबिट्ररीको प्रस्तुती टुबोर्ग ओपन सेसन्स् एक युट्युब सिरिज हो जसमा, विभिन्न प्रसिद्घ कलाकारहरुको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको प्रस्तुती पेश गरिन्छ । उक्त डिजिटल प्ल्याटफर्मले कलाकारहरुको रचनात्मकता र सांगीतिक सहकार्य मार्पmत पुराना र हालका लोकप्रिय गीतहरुलाई नयाँ शैलीमा प्रस्तुत गर्दछ । आफ्नो संगीतको बढावा गरी धेरै दर्शकहरु माझ पुर्याउन चाहने कलाकारहरुका लागि टुबोर्ग मञ्च राम्रो माध्यम बनेको छ ।

प्रख्यात सारंगी बाधक किरण नेपाली, प्रतिभाशाली ईलेक्ट्रोनिक संगीतकार रनजेन झा र लोकप्रिय र्यापर बालेन शाहको तीन भिन्न सांगीतिक शैलीको उत्तम मिश्रणबाट गीत पूर्ण बनेको छ । ‘आस्तिक’ भागवत गीताको सार हो । यसले धर्म र कर्ममा नयाँ युग दर्शनको मिश्रण दिन्छ । गीतको संगीत र शब्दहरुले सबै मानवहरुको मनमा भगवानको बास हुन्छ भन्ने कुरालाई प्रस्तुत गर्दछ । 

ई.डि.एम् ले युवाहरुको प्रतिनिधि गरेको छ भने सारंगीले नेपाली संगीतको प्रतिनिधि गरेको छ । दुई भिन्न संगीतलाई र्यापले सन्तुलन गरेको छ, जसका शब्दहरुले अरुसँग खुसी बाँड्नु नै सबैभन्दा ठूलो धर्म हो भन्ने कुरा प्रस्तुत गर्दछ । ‘आस्तिक’मा धर्मको नाममा कसरी मानवहरु विभाजित र भेदभाव भएका छन् भन्ने विषयका कुराहरु प्रस्तुत गरिएको छ । यी सबै कुराहरु विरुद्ध शान्तिको सन्देश हो ‘आस्तिक’ ।

टुबोर्ग ओपन सेसन्स् सिजन २ मा रोहित शाक्य र मनोजकुमार केसीले सबै २६ वटा गीतहरुमा निर्माताको रुपमा नेपाली संगीतको सारलाई पुनर्जीवित गर्दै सँगै सहकार्य गरिरहेका छन् । सिजन २ ले नेपाली संगीतकारहरुसँग गौरवपुर्ण उत्साह मनाउँदै उनीहरुलाई टुबोर्ग ओपनको मञ्चमा ल्याउने क्रम जारी राख्नेछ । नेपाली संगीत उद्योगको विविधतालाई अँगाल्ने र परम्परागत साँगीतिक आधारहरुलाई सम्मान गर्ने पनियस सेसनको लक्ष्य रहेको छ ।

टुबोर्ग ओपन सेसन्स् सिजन १ ले नेपाली दर्शकहरुलाई कलाकारहरुको विविध समूहको प्रस्तुतीको साथ ध्यानाकर्षण गर्न सफल रह्यो । सिजन १ मा ५ ड्रिम बिग प्रोजेक्टका विजेताहरुको साथै ३६ जना लोकप्रिय कलाकारहरुले ५१ वटा गीतहरु निर्माण गर्न सँगै सहकार्य गरेका थिए जुन, युट्युबमा च्यानल आरबिट्ररी मार्पmत अपलोड गरिएको थियो जसले १ करोड भन्दा बढी भ्युज संकलन गरेको छ ।