काठमाण्डौ । नेपाल टेलिकमको कुनैपनि मोबाइल नम्बरमा विदेशबाट फोन आउँदा ग्राहकहरुले बोनस पाउने भएका छन्। टेलिकमकाअनुसार हाल परीक्षणको क्रममा रहेको उक्त स्किममा हरेक अंग्रेजी महिनाको १ देखि १५ गतेभित्र ५० मिनेट वा सोभन्दा बढी कल विदेशबाट आएमा ग्राहकले ५० मिनेट निशुल्क टकटाइम पाउने भएका छन्।

सात दिनभित्र प्रयोग गरिसक्नुपर्ने त्यस्तो बोनससँगै ग्राहकहरुले २५ वटा म्यासेज पनि निशुलक नै पठाउन सक्नेछन्। तर टेलिकमले यो स्किम व्यवसायिकरुपमा भने ल्याएको छैन।  अधिकारीहरुका अनुसार असारपछि यस्तो स्किम ल्याउने तयारीमा टेलिकम रहेकोले हाल परीक्षणको गरिरहेको छ।

स्किम हाल परीक्षण गरिएभन्दा फरक पनि आउनसक्ने एक अधिकारीले जानकारी दिए।