काठमाण्डौ । २०७८ सालको बडादशैं, तिहार र छठको अवसरमा पारेर नेपाल बैंक लिमिटेडले दुईवटा विशेष सुविधासहितको बचत खाताहरु सञ्चालनमा ल्याएको छ । 
 
नेपाल बैंकमा सो खाताहरु खोल्ने ग्राहकलाई विशेष सुविधाका प्याकेजहरु दिने गरी असोज २० गते नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमबीच एक सम्झौता भएको छ । 
 
सो सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर प्रतिभा बैद्य र नेपाल बैंक लिमिटेडका चिफ फाईनान्स अफिसर होमबहादुर खड्काले हस्ताक्षर गरेका छन् । 
 
सम्झौताअन्तर्गत नेपाल बैंक लिमिटेडेले बिद्यार्थीहरु र दम्पत्तीहरुलाई लक्षित गरी ल्याएको नयाँ बचत खाता “शुभज्ञान वचत” खाता खोल्दा विद्यार्थीहरुलाइ र “सहयात्री वचत”खाता खोल्दा दम्पत्तीहरुलाई ४ वटा वम्पर अफरहरु प्रदान गरिने भएको छ । 
 
शून्य ब्यालेन्समा “शुभज्ञान बचत खाता” र रु. ५०० न्यूनतम व्यालेन्समा “शहयात्री वचत खाता” खोल्न सकिने छ, जसमा नेपाल टेलिकमको निशुल्क सिमकार्डका अतिरिक्त विशेष सुबिधाका प्याकेजहरु उपलब्ध हुने छन् । सो खाताहरु खोली कारोवार गर्दा बिद्यार्थी र दम्पत्तिहरुले निम्न बमोजिमका सुविधाहरु पाउने छन् :
 
अफर  १: नेपाल टेलिकमको निशुल्क सीम (विद्यार्थी र दम्पत्तिलाइ) ।
 
अफर २: सिम एक्टिभ भएको मितिले एक महिनासम्म हरेक दिन १० एसएमएस, १०० एमबी डेटा र ४० मिनेट्स नेट भ्वाइस टक टाइम निःशुल्क उपलब्ध हुने । 
 
अफर ३: नेपाल बैंकको मोवाइल बैकिङ्ग एप चलाउदा १ बर्षसम्म इन्टरनेट शुल्क नलाग्ने ।
 
अफर ४: यो योजना अन्तर्गत खाता खोल्ने ग्राहकहरुलाइ नेपाल बैंकले थप १ महिनाको लागि १ जि.वि. डाटा निःशुल्क उपलब्ध गराउने । सीमित अवधिका लागि लागू हुने यी अफरहरु नेपाल बैंकमा खाता खोल्ने बिद्यार्थी र दम्पत्तिहरुलाई मात्र लागू हुनेछन् ।