काठमाण्डौ । नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रियामा भइरहेको ढिलाइप्रति नेपाल टेलिकमको आधिकारिक ट्रेड युनियन नेपाल दूरसञ्चार कर्मचारी संघले सञ्चार तथा सूचना प्रविधि मन्त्रीको ध्यानाकर्षण गराएको छ ।

ढिलाइका कारण फोरजी÷एलटीई तथा एफटिटिएचलगायतका महत्वपूर्ण प्रविधिको उचित विस्तार तथा चालु आयोजनाहरुको सफलतापूर्वक कार्यान्वयनमार्पmत ग्राहक आधार र आम्दानीका स्रोतहरु बढोत्तरी नभएका बताइएको छ । यसले गर्दा प्रतिस्पर्धी दूरसञ्चार बजारमा सरकारी कम्पनीको अब्बलतामाथि प्रश्नचिन्ह खडा भएको ध्यानाकर्षणमा उल्लेख छ ।

नेपाल टेलिकममा प्रतिस्पर्धी एवं क्षमतावान प्रबन्ध निर्देशक नियुक्ति गर्ने सम्बन्धमा नेपाल सरकार मन्त्रीपरिषदले नै नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका २०७३ जारी गरिसकेको भए पनि सोको प्रभावपूर्ण कार्यान्वयनका कारण राज्यको एक नम्बरको संस्थालाई प्रमुखबिहीन बनाइनु गम्भीर विषय भएको आधिकारिक ट्रेड युनियनको तर्क छ ।